राजपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने



काठमाडौ‌ं।राष्ट्रिय जनता पार्टी राजपा नेपालले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ। टीकापुर घटनाबारे सर्वोच्च अदालतका पुर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म संसद चल्न नदिने राजपाले जनाएको छ।

यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि राजपाले अवरुद्ध गरेको थियो। सभामुख कृष्णबहादुर महराले बारम्बार रुलिङ गर्दा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरेपछि बाध्य भएर सदन आन्दोलन थालेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताएका छन।

। आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा सांसद रेशम चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय भएको राजपाको बुझाई छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्