शिक्षा

शिक्षामन्त्री पोखरेलको राजीनामा माग

By थाहा अनलाइन

March 18, 2019

लामो समय देखि आन्दोलनरत अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन् ।

आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गदै आफ्नो माग सुनुवाई नभएको भन्दै मन्त्री पोखरेलको राजीनामा माग्दै नाराबाजी गरेका हुन। सरकारी सेवामा १५ वर्ष भन्दा बढी बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले स्वतः स्थायी गर्न माग गर्दै करिब २ महिनादेखि आन्दोलन गर्दै आएका छन् ।