प्रहरी प्रमुख सिहं लाई स्वागत सम्मान



सैघाली खबर
दाङ ७ , भदौ

भर्खरै सरुवा भई दाङ आउनु भएकी प्रहरी प्रमुख दुर्गा सिंह वुधवार एक कार्यक्रमका विच स्वागत सम्मान गरिएको छ । दर्शन कल्याण समाज दाङले प्रहरी प्रमुख सिंह लाई स्वागत सम्मान गरेको हो । समाज अध्यक्ष प्रेम शाहको अध्यक्षता एंव जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी प्रम्ख दुर्गा सिंहकोृ प्रमुख आतिथ्यतामा स्वागत सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त स्वागत सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि सिंहले दाङको नागरिक सुरक्षा लाई मजव्त वनाई सुरक्षित नागरिक र संभ्य समाज निर्माण गर्नका लागि नागरिक र प्रहरी प्रसासनको दोहोरो भुमिका रहनु पर्ने वताउनु भएको थियो ।

साथै अपराध नियन्त्रणका लागि समुदाय नै आफैमा संवेदनशिल वन्नु पर्नेमा जोड दिनुभएको थियो । उक्त कार्यक्रममा ठकुरी समाज दाङका केन्द्रिय सदस्य बलदेव मल्ल र समाजका उपाध्यक्ष शिवध्वज मल्ल ,लगाएतकाले शुभकामना मन्व्य सहित आ–आफ्ना भनाई राखेका थिए । साथै उक्त अवसरमा समाजले जिल्लाका २ जना सामाजिक अभियान्ता लाई सम्मान गरेको थियो ।

पाण्डेश्वरी यातायात प्रालीका अध्यक्ष सरोज शाह र तुलसीपर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ललित शाह लाई पनि सम्मान गरिएको थियो । समाजकी उपाध्यक्ष विश्वमाया शाहको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण राधा मल्लले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्