वाढी पिडितहरु लाई सहयोग



सैघाली खबर
दाङ ८ , भदौ
घोराही उप– महानगरपालिका वडा नम्वर १४ निवासी बिकास लम्सालले सानीआमा राधा सुवेदीको १३ औ दिनको पुण्यतिथिको अवसरमा वाढी पिडितहरु लाई सहयोग गर्नृुभएको छ । वि.स. २०१६ साल जेष्ठ १६ गते जन्म, भई वि.स. २०७४ साल श्रावण २८ गते ५८ वर्षका उमेर निधन हुनुभएकी सानीआमा सुवेदीको १३ औ दिनको पुण्यतिथिको दिनपारी लम्सालले वाढी पिडितहरु लाई सहयोग गर्नु भएकोे हो । सामाजिक एंव महिला अधिकार क्षेत्रमा क्रियाशिल सुवेदी दाङको सामाजिक अधियान्ताका रुपमा परिचित हुनुहु्न्छ । 

सानी आमा सुवेदीको सम्झनामा वाढी पिडितहरुको सहयोगका लागि घोराही उप–महानगरपालिका वडा न. १४ को विपत व्यावस्थापन कोषमा लम्सालले दश हजार , ५ सय रुपैया चेक घोराही वडा न. १४ वडा कार्यालय लाई हस्तान्तरण गर्नुभएको हो । राहात रकम हस्तान्तरण गर्दै लम्सालले सानीआमा सामाजिक अभियान्ताको प्रेरणाले वाढीपिडितहरु लाई सहयोग गर्ने प्रेरित भएको वताउनुभयो ।

राहात रकम वुझीलिदै घोराही उप–महानगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष शक्तिाराम डाँगीले सहयोगी दाता विकास लम्सालकी सानीआमा राधा सुवेदी भावपुर्ण श्रद्धान्जली व्यक्त गर्दै सहयोगी मनोपकारी ÷परोपकारी मन लाई धन्यावाद ज्ञापन गर्नुभएको हो ।

घोराही उप–महानगरपालिका वडा न. १४ विपत व्यावस्थापन कोषमा पहिलो सहयोगीदाताका रुपमा सहयोग गर्नुभएको हो । विपत कारण धेरैको धनजन क्षति पुगेले विपतका कारण पिडामा परेको , पिडितहरुको सहयोगका लागि उक्त रकम लाई सेवाभावका रुपमा पु¥याउने वताउनुभयो । ‘सेवा नै धर्म ’ रहेकाले जसका लागि रकम संकलन भएको हो ।

त्यसका लागि खर्च हुने वडा अध्यक्ष डाँगीले वताउनु भयोे । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य एंव सुचना संवाद संयोजक लक्ष्मण वुढा , सिर्जनशिल टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद खरेल , जानकी टोल विकास संस्थाका सचिव रमेश थापा र युवा नेता अनिल शेरपाईली लगताएतकाले श्रद्धान्जली मन्तव्य सहित सहयोगी प्रति धन्यावाद ज्ञापन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्