प्राकृतिक ढुङ्गामा ब्यक्तिले लगाए रङ,,महानगरको देखिएन चासो



सबिता शर्मा।

पोखराको मुटु वा भनौँ मुख्य बजार केन्द्र चिप्लेढुंगा । सडक छेउमा रहेको एउटा ढुंगा वर्षाको याममा पानि पर्दा निकै चिप्लो हुने । त्यसैले त्यस क्षेत्रको जाम नै चिप्लेढुंगा रहन गयो । तर, अहिले चिप्लेढुंगा नै पहेलेढुंगा भएको छ ।

चिप्लेढुङ्गाको इतिहास बोकेको ढुङ्गामा पहेलै रङ्ग पोतिएको छ । मुख्य बजारमै भएको उक्त ढुंगामा जो कोहीका आखा पनि झट्ट पर्ने गर्दछ । ढुंगाको प्राकृतिक रङ्ग बिगारेर पहेलों रंग कसले पोत्यो रु भन्ने कुरामा महानगरलाई पत्तै छैन ।

ढुंगालाई त्यही अघि घर भएका धरभेटिले ढुंगा मा पहेलों रंग लगाएको पुष्टि भएको छ । ढुंगाको संरक्षणका लागि बार लगाउने काम लायन्स क्लब गरेको थियो । लायन्स क्लब अफ हेम्जाले ढुङ्गाको संरक्षण गर्न उत्तरदायित्व बहन गर्दै बार लगाएको थियो ।

तर, उक्त क्लबका प्रतिनिधिले कसले रंग पोत्यो रु भन्दै अचम्म ब्यक्त गरेका छन् । लायन्स क्लब अफ हेम्जा संरक्षण बर्ष २०१७–१८ का अधक्ष्य नवराज त्रिपाठीले आफुहरुले ढुंगा संरक्षण गर्ने हेतुले ढुङ्गाममा बार लागाएको भए पनी ढुङ्गामा रङ्ग लगाउदा घरधनी बाट आफुहरु लाई कुनै किसिमको जानाकारी नआएको जनाए ।

यसबारेमा महानगरका प्रमुख मान बहादुर जिसीले यसबारे आफूलाई पनि थाहा भएको तर कसको काम हो रु पत्तो पाउन नसकेको बताए ।सडकलाई नै बाधा पुगेपनि अस्तित्व कायम गर्नका लागि ढुंगा हटाइएको छैन । पार्किङले पनि छेकिने यस ढुंगालाई संरक्षणका लागि सोच्नुपर्ने जरुरी भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्