घोराही उपमहानरपालिका १४ को योजना भौतिक निर्माणमा केन्द्रित



जनक नेपाली
दाङ, साउन २५। घोराही उपमहानरपालिका वडा नं. १४ ले एक करोड बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७४÷०७५ का लागि उक्त बजेट विनियोजन गरेको हो । जस अन्तरगत पूर्वधार विकासका लागि ६० लाख, आर्थिक सामाजिक, वातावरण तर्फ ३५ लाख ३० हजार, वडा कार्यालय सञ्चालनका लागि प्रशासनिक खर्चतर्फ ४ लाख ७० हजार रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । जस अनुसार भौतिक पूर्वाधार तर्फ जागृतिटोलको रतनपुरे कुलोमा कल्भर्ट तथा पक्की नाला निर्माणका लागि ७० हजार,ह्युपाईप खरिदका लागि ७० हजार,झिगौरा आश्रम टोलम गोर्खा र रब्बे टोलमा आबश्यक पर्ने ठाउमा पक्की नाला र ग्रावेलका लागि ७० हजार, वडा नं. १४ मा आबश्यक पर्ने उर्जा विद्युत ट्रान्सर्फमर तार र सडक बस्ति व्यवस्थापनका लागी एक लाख, राम नगरटोलको बाटबो नाला पक्कीनालmा ग्रावेल र जरुवाको पानी व्यवस्थापनका लागी ७० हजार रुपैयाँ बजेट व्यवस्थापन गरिएको डागीले जनाकारी दिनुभयो । यस्तै भेलाले वडामा खानेपानी व्यवस्थापनका लागि पाईप गदिका लागी ८० हजार, रुपैयाँ रहेको छ ।


भेलाले आर्थिक सामाजिक वातवरण तथा संस्थागत विकासका लागि वडा कार्यालय व्यवस्थापन प्रशासनिक खर्चतर्फ ४ लाख ७ार, मगर समुदायको भाषिक तालिमको ६० हजार, बाल बालिकाको क्षमता विकासका लागि अक्षकोष स्थापनका लागि ३ लाख ५० हजार, पत्रकार महासंघ दाङका लागी फोहर व्यवस्थापन सम्बन्धि तालिम सञ्चालनका लागी एक लाख, पूर्ण सरसmाई चेतना मुलक कार्याक्रमका लागी २ लाख,मावि शुभ प्रभातमा शौचालय मर्मत ग्याभिन वालका लागी १ लाख,छाडा चौपाया तथा भुस्याहा कुकुर नियन्त्रणका लागी २ लाख, गर्भवती महिलाहरु नियमित चेक गराउने जाचँ गरी सुत्केरी भै ३५ दिनभित्र जन्मदर्ता गर्न आएकालाई प्रोत्साहन स्वरुप प्रति व्यक्ति ५ सय दिन कोष स्थापनका लागि १ लाख, वडाको गुरु योजना निर्माणका लागी २ लाख, विपद व्यवस्थापन तालिम ३ लाख, जन्मदर्ता तथा तथ्याङक संकलन अभियानका सञ्चालनका ४ लाख, वडा भित्र रहेका कृषि क्षेत्रका किसानलाई तालिम १ लाख बजेट विनियोज गरिएको वडा अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

यस्तै महिलाहरुका लागि प्रजनन स्वास्थ्य तालिम संचालनका लागी १ लाख, दाङ क्रिकेट संघ प्रतियोगिता उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार ५० हजार, बौद्धिक अपाङग तथा सुस्तमनस्थिती अभिभावक संघको कार्यालय व्यवस्थापनका लागी ५० हजार, लागुुुुुुुुुुुुुुुुुु औषध दुर्वेसनी सचेतना कार्यक्रमका लागी १ लाख, शुन्दर नगरटोलमा खानेपानी व्यवस्थापका लागी २ लाख, महिलाहरुको लागि नेत्रित्व विकास विकास तालिम १ लाख, बाल विवाह विरुद्ध जनचेतना मुलक कार्याक्रमका लागि ५० हजार, बाल उद्यानको स्थान खोजिका गरी गरी निर्माण गर्नका लागी ५० हजार,बृद्ध वृद्धाहरुको मिलनको स्थलको खोजि गर्न ५० हजार, एैलानी जग्गाको खोजि गरी संरक्षणका लागी ४५ हजार, युवाहरुका लागि हाउस वायरिङ तालिम सञ्चालनका लाग १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्