अभियुक्तसँग भिडियो कल मार्फत बयान लिने



दाङ । देउखुरी जिल्ला अदालतले भिडियो कल मार्फत अभियुक्तहरुसँग प्रहरी कार्यालयबाटै बयान लिन थालेको छ ।अदालतले मंगलबार एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका एक जना जवरजस्तीकरणी मुद्धाका अभियुक्त सँग भिडियो कल मार्फत बयान लिएर म्याद थप गरेको छ ।जिल्ला न्यायाधिस हेमन्त रावलले जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत राजन गौतम र जवरजस्तीकरणी मुद्धाका अभियुक्त सँग श्रव्यदृष्य भिडियो मार्फत सोधपुछ गरी प्रहरीलाई अनुसन्धान गर्न थप ४ दिनको म्याद थप गरेका छन ।

अब म्याद थपका लागि अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याउनु नपर्ने र अदालतले अन्य जिल्लाका अदालतहरु सँगको आन्तरीक सोधपुछ पनि भिडियो कल मार्फत नै गर्ने न्यायाधिस रावलले जानकारी दिएका छन ।अब यस्तो व्यवस्थाले समय, ईन्धन, जनशक्तिको बचत सँगै सुरक्षा व्यवस्थामा समेत मद्धत पुग्ने छ । कार्यक्रममा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस नहकुल सुबेदीले सेवालाई प्रविधी मैत्री बनाउदै छिटो छरितो बनाउदा सबैलाई फाइदा पुग्ने बताएका छन ।त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेले जिल्लाका जिल्ला प्रहरी कार्यालय घोराही, इलाका प्रहरी कार्यालय तुलसीपुर, गढवा र वडा प्रहरी कार्यालय लमही गरी ४ स्थानबाट अदालतमा भिडियो कल मार्फत बयान र म्याद थप गर्न सकिने गरी प्रबिधी जोडिएको जानकारी दिएका छन ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, बार एशोसियशनका अध्यक्ष प्रदिप गौतम र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले फौजदारी न्याय प्रशासनमा प्रबिधीमय बनाउनु अपरिहार्य भएको बताएका छन ।समाजको शैली सँग सेवा प्रबाहलाई प्रबिधीमा रुपान्तरण गर्न सक्नु महत्वपूर्ण भएको बताएका छन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्