काठमाडौं । गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो आज युट्युवमार्फत् सार्वजनिक गरिएको हो । दिपिन थापाको नृत्य निर्देशन रहेको भिडियोको क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गरेका छन् ।
तीन वर्षअघि रेकर्ड गरिएको उक्त खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गरेका थिए भने अक्सिजन मिडिया प्रालिले अडियो सार्वजनिक गरेको थियो । गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ ।
हाल रोल्पा नगरपालिकाका मेयर समेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।