उपक्षेत्रिय अस्पतालमा एन.आई.सि.यु र आई.सि.यु. सेवा सञ्चालनमा आउदै



सैघाली खबर
दाङ,९ भदौ । राप्ती उपक्षेत्रिय अस्पतालले आगामी असोज देखि एन.आई.सि.यु र आई.सि.यु. सेवा सुरु गर्ने भएको छ ।त्यसका लागि भौतिक निर्माणको काम धमाधम भैरहेको राप्ती उपक्षेत्रिय अस्पतालका मे.सु जनार्दन पन्थिले जानकारी दिनुभयो । पन्थिका अनुसार दुवै सेवा सञ्चालनका लागि आबश्यक उपकरण ल्याउने प्रकृयामा रहेको वताउनुभयो । एन.आई.सि.यु का लागि आठ र आई.सि.यु. लागि पाँच वेड वटा सञ्चालनमा ल्याउने तयारी रहेको मे.सु. पन्थिले जानकारी दिनुभयो ।


जिल्लामा एन.आई.सि.यु र आई.सि.यु. सेवा सञ्चालन नहुदा अधिकासं विरामी जिल्ला बाहिर जानु पर्ने वाध्यता रहेको उल्लेख गर्दै अब त्यो समस्या टर्ने उहाँको भनाई छ । दुबै सेवा सञ्चालनमा आएपछि अधिकासं विरामीहरुका लागि सहज हुने जानकारी दिनुभयो ।जन्मदै जण्डिस, रगत फेर्नु पर्ने, स्वास प्रस्वासमा समस्याग्रस्त वच्चाहरुलाई अनुकुलन वनाई बचाउन भेन्टिलेटर र एन आइ सियु सेवा प्रभावकारी मानिन्छ ।अस्पतालले एन.आई.सि.यु र आई.सि.यु. सेवा सञ्चालनका विशिषज्ञ डा.हरु परिचालन गर्ने डा. पन्थीले जानकारी दिनुभयो । एन.आई. सि. यु र आई.सि.यु.संञ्चालनका लागि सामान खरिदका गर्न स्वास्थ्य मन्त्रालयले खरिदका लागि १ करोड रकम विनियोजन गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्