शनिबारबाट सहाराका डिलक्स बस सञ्चालनमा आउने



सैघाली खबर
दाङ ९ भदौ ।
सहरा यातायात प्रालिले शनिबार (भोली) देखि रात्रीकालीन तथा दिवाकालीन बस सेवा दिने भएको छ । दाङको तुलसीपुरदेखि बुटवल हुदै नारायणगढबाट काठमाडौँसम्मका लागि भोलीदेखि रात्रीकालीन र आइतबारदेखि दिवाकालीन डिलक्स बस सेवा सञ्चालन गर्न लागेको हो ।

तत्कालका लागि शनिबारदेखि डिलक्स बस सेवा सञ्चालन गर्न लागेको प्रालिका अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभएको छ । भदौँ १ गतेदेखि दाङ—काठमाडौँ बस सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रालिले बाढी पहिरोका कारण केही समय ढिला गरी बस सेवा सञ्चालन गर्न लागेको अध्यक्ष केसीले जानकारी दिनुभएको छ ।


दाङमा सहारा यातायात प्रालिले शौचालयसहितका बस सञ्चालनको तयारी गरेको छ । शौचालयसहितका बस तत्काल दाङ ल्याउन नसकिएको भन्दै शनिबारदेखि डिलक्स बस सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।कम्पनीले शौचालयसहितका बस निर्माणलाई अन्तिम चरणमा पु¥याएको भन्दै भदौ महिनाभित्र ती बसहरु सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्रालिले डिलक्स, एसी र एसीसहित शौचालय सुविधा रहेका बसहरु सञ्चालन गर्न गरी तयारी थालेको प्रालिका उपाध्यक्ष टीकाराम पौडेलले जानकारी दिनुभएको छ ।तुलसीपुरबाट प्रालिले बेलुका साडे ५ बजेदेखि बस सेवा सञ्चालन गर्ने जनाएको छ । नयाँ बस सेवासहित स्थापना भएको प्रालिले निकट भविष्यमा बिरगञ्ज र गौरसम्म बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्