होलि खेल्ने क्रममा छतबाट खसेर एक बालक घाइते



काठमान्डौ । होलि खेल्ने क्रममा छतबाट खसेर एक बालक सक्त घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा घर भई तुलसीपुर उपनगरपालिका ९ अमृतटोल बस्ने १२ बर्षीय विप्लव केसी घरको छात बाट खसेका हुन् ।

घाइते बालकको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै तराईका जिल्लामा आज होलि खेलिदैछ,विभिन्न दुर्घटना हुन सक्ने भन्दै सचेत भई होलि खेल्न प्रहरीले आग्रह समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्