दोषी लाई सजायको माग



सैघाली खबर
दाङ ९ ,भदौ
घोराही । गत साउन २३ गते बाँकेको अगैया जंगलामा मृत फेला परेको घोराही निवासी नेपाल व्रक लिमिटेड शाखा कार्यालय वर्दिया गुलरियाका शाखा प्रर्वन्धक प्रमोद वर्मा हत्या वारे सत्यतथ्य छानविन गरी दोषीलाई कडा सजायको माग गरिएको छ । मृतक वर्माका परिवारले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्दैै दोषीलाई सजायको माग गरेको हुन ।

मृतक वर्माका श्रीमती एंव नेपाल पत्रकार महासंघ दाङकी साधारण सदस्य पार्वती वस्नेतले श्रीमानको आत्महत्या नभई हत्या भएकाले घटनाको सत्यतथ्य छानविन गरी दोषी सजायको माग गरेकी छिन । पत्रकार सम्मेलनमा वस्नेत साउन २१ गते राती ७ः४५ वजे साथी विन्दु ज्ञवालीले घरमा खानाखान वोलाएकी छिन भन्दै आफु लाई खानाखान जाँदैछु भनी फोनमा कुराकानी भएको थियो । तर खानाखान पुगेको श्रीमान एकाएक सम्र्पक विहिन भए पछि , श्रीमानको हत्या हुन पुगेको उनले वताईन ।

मृतक श्रीमानको निलडाम , चोक पटक लागेका थिए । अण्डकोष पनि फुटेको थियो , हात वाँधेको निलडाम थियो । तर प्रहरी रिर्पाेटमा पनि हत्याको आशका थियो । तर भेरी अञ्चल अस्पताल पोष्ट्रमार्टम रिर्पाेटमा हत्या वा आत्महत्या वारे कुनै रिर्पाेट प्रष्ट्र खुलाउन नसकेको उनले वताईन । विन्दु ज्ञवालीका दाई केशव ज्ञवाली भेरी अञ्चल अस्पतालमा ल्याट टेक्निसियन प्रमुख रहेकाले मेडिकल रिर्पाेट पनि फेरवदल भएको हुन सक्ने भन्दै उनले श्रीमानको घटना वारे सत्यतथ्य छानविन गर्न सवै संग अपिल गरेकी छिन ।

साउन २१ गते साँझ वैकमा कार्यरत कर्मचारी विन्दु ज्ञवालीको घरमा खानाखान वोलाएको भन्दै राती ७ः३० वजे खानाखान विन्दु घरमा जाँदै छु भन्दै फोनमा कुराकानी भयो । तर त्यस पछि एकाएक सम्र्पक विहिन भए पछि श्रीमानको आत्महत्या ्नभई हत्या नै भएको उनले दावी गरेकी छिन । २३ गते सोमवार सरुवा भई दाङ आउने तयारीमा रहेका श्रीमान विना कारण नै ज्यान गरेको दावी गर्दै उनले सवै सग सहयोगको अपेक्षा गर्दै घटना वारे सत्यतथ्य छानविन गरी दोषी लाई कार्वाहीको माग गरेकी छिन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्