‘बन्द टेलिसेवा सेन्टरमा मासिक तलवमा खादै कर्मचारी’



गिरिराज नेपाली
दाङ ९ ,भदौ
वढ्दो प्रविधिको युग संगै ग्रामिण भेगमा सहज ईमेल ईन्टरनेट सहितको कम्युटर सेवा सवै नागरिकको घर–घरमा पु¥याउने उद्देश्यले संञ्चालनमा ल्याएको हुलाक टेलिसेवा हाल वन्द रहेका छन । भने बन्द टेलिसेवा सेन्टरका कर्मचारीहरुले मासिक रुपमा तलव खादै आईरहेका छन । २०६७ साल वाट सेवा प्रारम्भ रहेको टेलिसेवा सेन्टरले ०७१ सालमा बन्द हुने पुगेको थियो । जिल्लाको लमही , भालुवाङ , रामपुर , तुलसीपुर , मानपुर , हेकुली र जुम्लेपानीमा १÷१ जना सहायक कम्प्युटर अपरेटर सहितको सेवा सुरु गरे पनि सेवा गुणस्तरिय र प्रविधिमैत्री वन्न नसक्दा हाल टेलिसेवा सेन्टर बन्द रहेका छन । भने बन्द टेलिसेवा सेन्टरका ७ जना सहायक कम्प्युटर अपरेटरहरुले मासिक १० हजारका दरले मासिक तलव लिदै आईरहेका छन । 

जिल्ला हुलाक कार्यालय दाङका हुलाक अधिकृत शोभाराम वस्नेतले हुलाक विभागले टेलिसेवा सेन्टरको अवधारणा संगै प्रत्येक सेन्टरमा १÷१ जना सहायक कम्प्युृटर अपरेटर व्यावस्था गरी सृेवा संञ्चालन गरे पनि हाल सेवा बन्द हुदा समेत कर्मचारीहरु लाई नियमित रुपमा तलव व्यावस्था गरिरहनु परेको वताए । सेवा बन्द हुदा सेवाग्राहीहरु सेवा वञ्चित रहनु परेको छ । भने हुलाक विभागले आर्थिक व्ययभारको सामाना गर्नु परिरहेको छ ।

प्रविधि र सुचना वाट विमुख रहेकाले ग्रामिण भेगका नागरिकहरु लाई सर्वसुलभ मुल्यमा ईमेल , ईन्टरनेट सहितको आधुनिक प्रविधि सेवा पु¥याउने उद्देश्यले संञ्चालन गरिएको टेलिसेवा सेन्टर बन्द हुदा गं्रामिण भेगका नागरिकहरु राज्यको एक आधारभुत सेवा मध्ये सुचनाको सेवा वाट वञ्चित हुनु् परेको अधिकृत वस्नेत वताए । उनले भने –‘सेवा प्रारम्भका अवस्थामा राज्यले दिएको सिमित साधन स्रोतहरु प्रभावकारी रुपमा उपयोग ,समायानुकुल परिमार्जित गर्न नसक्दा सेन्टर बन्द अवस्थामा पुगेको छ । ’ प्रत्येक सेन्टरमा २ थान कम्प्युटर , १÷१ थान फोटोकपी मेशिन , प्रिन्ट , । स्क्यानर ,फ्याक्स र लेमिनेशन उपलव्ध गराए पनि ति उपकरणहरुको मर्मत सम्भारका लागि उचित रकम व्यावस्थ गर्न नसक्दा सेवा बन्द भएका हुन । भने वढ्दो ईन्टरनेट सेवाको विकास संगै अविष्कार प्रविधिको प्रयोग गर्न नसक्दा व्यावसायिक रुपमा खोलिएका निजि टेलि संगको विकास संगै सेन्टर विस्थापित वन्न पुगेको उनले वताए ।

उनले हुलाक विभागले खोलिएको सेन्टर ईन्टरनेट ,विद्युत आदी कारणले पनि सेन्टरहरु बन्द हुने अवस्थामा पुगेको हुन । हुलाक विभागले सेन्टरहरुमा व्यवस्थित वैकल्पीक उर्जाको व्यवास्था गर्न नसक्दा पनि सेन्टर बन्द हुनु परेको उनले वताए । उनले भने –‘ सेन्टरले सेवाग्राही लाई सर्वसुलभ सेवामा दिदै आईरहेको थियो । ’ जसका कारण सेवाग्राहीले आर्थिक व्ययभार खेप्नु परेको थिएन । ’ फोटोकपीको प्रति पिस २ रुपैया र स्क्यानको ३ देखी ५ रुपैयाको मुल्य निर्धारण गरिएको थियो । जो बजार मुल्य भन्दा अधितम न्युन मुल्य हो । तर उक्त सेवा बन्द हुदा सेवाग्राहीले चर्काे मुल्यमा यिm सेवा लिनु पर्ने वाध्यता छ । भने सेवा बन्द रहदा कर्मचारीहरु लाई तलव पनि खुवाई रहनु परेको छ ।

सेन्टर पुनः संञ्चालनका लागि जिल्ला हुलाक कार्यालयले पुनm प्रयास थालनी सुरु गरेको छ । तर हुलाक विभागले अझै कुनै अख्तियारी दिन नसकेको उनले गुनासो गरे । नयाँ व्यावस्थापनका साथ जिल्ला हुलाक कार्यालय ति सेन्टरहरु लाई संञ्चालन गरी नियमित सेवा सुचारु गर्ने जमर्काेमा छ । तर स्रोत अभावका कारण हालको प्रयास लाई निरन्तरता दिन सकिरहेको छैन । जसका कारण विगत ३ वर्ष देखी टेलिसेवा बन्दको बन्दै रहेको छ । भने बन्द टेलिसेवाका लागि वाािर्षक ८४ लाख रुपैया तलवको खर्च व्याहोर्नु परेको छ ।

स्थानान्तर गरी टेलिसेवा संञ्चालनका लागि जिल्ला हुलाक कार्यालय विभागमा पत्राचार गरी अख्तियारी माग गर्दा समेत विभागले स्थानान्तरणको अख्तियारी नदिदा सेवा सोही स्थानमा नै बन्द अवस्थामा राखिराखेको उनले वताए । त्यस्ता सेवाहरु लाई सेवाग्राहीहरुको चाप हुने स्थानिय निकाय तह आसपासमा स्थानान्तर गरी संञ्चालन गर्न समेत सवै नागरिकहरुले सहज र सर्वसुलव प्राविधिक सेवा पाउन सक्ने उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्