वाढीडितहरुका लागि निशुल्क स्वास्थ्य शिविर
सैघाली खबर
दाङ, ९ भदौ
दंगीशरण गाउँपालिकाको पहलमा गाउँपालिका वडा नं.३ स्थित स्वास्थ्य चौकि हेकुलीमा एकदिने निशुल्क स्वाथ्य शिविर सञ्चालन भएको छ ।
बाढीपीडितहरुलाई लक्षित गरि आयोजना गरिएको निशुल्क स्वाथ्य शिविरमा ४ सय १२ जनाले सेवा लिएको दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभकएको छ ।
उहाको अनुसार २ सय ५३ महिला, १ सय ८ पुरुष र ५१ जना बालबालिकाले सेवा लिएका हुन । आपतमा युवा अभियानको आयोजनामा टिचिङ हस्पिटल काठमाडौंका चिकित्सक टोलिको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभएको छ ।
निशुल्क स्वास्थ्य सेवामा राप्ती उपक्षेत्रिय अस्पताल दाङका डा. समिर आचार्य, डा. गगन न्यौपाने, डा. रविन आचार्य, अञ्चल अस्पताल तुलसीपुरका डा. राजकुमार यादव, डा. सन्तोष अधिकारीले सेवा दिनुभएकोथियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।