आर्थिक

घोराही उपमहानगरपालिका द्धारा मृतक परिवारलाई राहात वितरण

By थाहा अनलाइन

August 25, 2017

दाङ, ९ भदौ । घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ । गत साउँन ३२ गते आएको बाढीमा परि मृत्यु भएका घोराही उपमहानरपालिका ८ ढिकपुर निवासी रेशम बहादुर डाँगीको परिवारलाई राहत प्रदान गरिएको हो । मृर्तकका श्रीमती टपकुमारी डाँगीलाई घोराही उपमहानरपालिकाका उपमेयर सिता न्यौपानेले राहात रकम हस्तान्तर गर्नुभएको थियो । मृर्तक परिवारलाई घरमै भेटर उपमेयर न्यौपानेले २५ हजार रुपैयाँ प्रदान गर्नु भएको थियो ।

छोरीका घर जाने क्रममा ७६ बर्षीय रेशमको जङ्वा खोलाले बगाउँदा डाँगीको मृत्यु भएको थियो । यसैबिच घोराही उपमहानरपालिका वडा नं. १२ पेदा निवासी निर्मला बाठाको परिवारलाई पनि राहत प्रदान गरिएको छ । गत साउन २९ गते आएको बाढीले वगाउँदा मृत्यु भएकी निर्मला बाठाका ससुरा चन्द्रप्रकाश बाठालाई घोराही उपमहानरपालिका उपमेर सिता न्यौपानेले राहत स्वरुव २५ हजार रुपैयाँ प्रदान गर्नु भएको थियो । राहत वितरणका क्रममा घोराही उपमहानरपालिका १४ का अध्यक्ष एवं वातावरण तथा विपत्त व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, वडा नं. १०का अध्यक्ष चित्रबहादुर डाँगी निर्मल, वडा वडा नं. १२ अध्यक्ष राजेद्र बुढा,वडा नं. ८ का सदस्य लिलाकुमारी बुढाथोकी पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली को सहभागिता रहेको थियो ।