फेदाप पोक्लाबाङ लिम्बुवान मेलाको ट्राफि खेलकुद बिकास समिती खाम्लालुको हात पार्यो।



इन्द्र नेपाली

तेह्रथुम फागुपुर्णिाको अबसरमा बिगतका बर्षझै लाग्दै आएको फेदाप पोक्लाबङ लिम्बुवानमा मेला २०७५ को औपचारिक समापन भएको छ। विभिन्न जातको जातिय संस्कार झल्कने बृहत सांस्कृतिक कार्यक्रम सहित समपन्न भएको हो।
फेदाप गाउँ पालिकाको आर्थिक सहयोगमा तथा फेदाप युवा क्लब उपसमितिको ब्याबस्थापन तथा विभिन्न समाजसेबि महानुभाबको पुरस्कर प्रयोजना मेला तथा खेलकुदको आयोजना गरिएको फेदाप युवा क्लबका अध्यक्ष दुर्गा निङलेखुले बताउनु भएको छ।
आन्तरिक तथा बाहय खेल पर्यटनको बिकास मार्फत फेदापलाइ आर्थिक समृधी,बिकास तर्फ उन्मुख गराउनु मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ।
फेदाप पोक्लबाग लिम्बुवानमा मेलाको सान समृद्ध फेदाप निर्माणको लागि नया आयम भन्ने उदेश्यले खेलकुद सगै फेदापका धार्मिक तथा पर्यटकिय स्थलहरु एसियाकै दोस्रो अग्लो हयात्रुग झरना चिचिलिग पोखरी बाट कुम्भकर्ण ताप्लेजुङको सुकेटार पाथीभरा आठराइको याकुबागडि पाचथर को फिदिम पाचथर गडि कुम्बायक गडि तोमर नदि तेह्रथुमका विभिन्न ठाउको धनकुटाका बिबिन्न ठाउ तीनजुरे मिल्के लालिगुरासको राजधानी लगायतको दर्जनौं रमणीय स्थल को अद्य्यान तथा अबलोकन गर्ने सकिने आयोजकले जनाएको छ।

यसै गरि फेदापमा रहेको लिम्बु समुदायको एतिहासी स्थल थाक्चोकेको थाक्कालुग पोक्लाबाङको माङगेनायक आदिमकालमा सिताले टेकेको ढुङ्गा गुलडुगढुङा जस्तो एतिहासिक स्थलको समेत अध्यन तथा अबोलोकन गर्ने सकिने फेदाप मेला आयोजक फेदाप पोक्लाबाग लिम्बुवान मेलाका खेल संयोजक सुजन कुरुङबागले बताउनु छ।

स्थानीय पर्यटकिय स्थानको खोज अनुसन्धान अबोलोकन गरि स्थानीय छेत्रमा भएको पर्यटनको बिकास गर्दै आर्थिक समृधीको पहिलो आधार मान्दै खेल पर्यटन,संस्कृति र संरक्षण र बिकास गर्दै लैजाने मेलाको संस्कृति तर्फका संयोजक बिजय निङलेकु दाबी गरेका छन।
मेलाको समापन समारोहमा विशेष अतिथी रूपमा बोल्दै फेदाप गाउँ पालिका उपाध्यक्ष गितादेबी थापाले खेलकुद छेत्रको बिकासको लागि गाउँ पालिके कुनै पनि कसुर बाकी न राख्ने बताउनु भएको छ।

यस्तै गरि विशेष अतिथिका रुपमा रनिङ ट्राफि तथा प्रथम पुरस्कर दाता उतमसिं थाग्देनले १७ थुम लिम्बुवान मध्ये एक थुम फेदाप भएको कारण राज्यले लिएको आर्थिक समृद्धि सुखी नेपाल सुखी नेपालीको अभियानलाई पुरा गर्न यसै फेदापबाट सुरु गर्न पर्ने घारण ब्यात्त गर्नु भएको थियो।

यसै बिच फुटबल खेलको फाइन खेलमा खेलकुद बिकास समिति खाम्लालुग र एफ सी फेदाप जल्जले बिचको खेलमा खेल सुरुवातको २ मिनेट मै गोल गर्दै अग्रता लिएको एफ सी फेदाप जल्जलेले खेलमा आफ्नो फितलो उपस्थितिले गर्दा ट्राफि खेल बिकास समिति खाम्लालुगको हातमा पुगेको हो।

फुटबलखेलमा प्रथमहुनेले नगद ५१ हजार रुपैयाँ ३ बर्से रनिङ ट्रफि दोस्रोले नगद रु २६ हजार ट्रफि मेडल प्रमाणपत्र पाएका छन् । पहिलो पुरस्कर भने फेदाप ३ जल्जले घर भइ हाल इटहरी निवासी समाजसेबि उतमसिं थाग्देन प्रायोजक गर्नु भएको छ। भने दोस्रो पुरस्कार फेदाप १ घर भइ हाल दुबईमा कार्यरत योगेस निङलेखु प्रयोजन गर्नु भएको आयोजकले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्