जापान र सउदीमा पनि पर्यटन पत्रकार संघ शाखा विस्तार गरिदै



 

सैघाली खबर
दाङ १० , भदौ
नेपाल पर्यटन पत्रकार संघ९एन्टोज०को विदेश शाखाहरु पनि बिस्तार हुने भएका छन्, विदेशमा रहेर पर्यटन क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई समेटेर शाखा गठन हुने भएका हुन् । संघको शनिबार साधारण सभाले जापान र साउदी अरबमा शाखा संचालनको अनुमति दिएको हो । संघले अन्य देशहरुमा पनि शाखा संचालनको लागि प्रकृया अगाडि बढेको संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा९ऋतुविचार०ले जानकारी दिनु भयो । 

अध्यक्ष शर्मा अनुसार संघले हालसम्म देशभर शाखा बिस्तारको अभियान तिव्र बनाएको छ । हाल करिब ३०० बढी सदस्य रहेको एन्टोजको आगामी असोज ४ गते बर्दियाको ठाकूरद्धारामा राष्ट्रिय महाधिवेशनको आयोजना भएको छ । महाधिवेशनको प्रधानमन्त्रीले उदघाटन गर्नुहुने भएको संघले बताएको छ । संघको साधारण सभाले नेपाल नयाँ संविधान अनुसारका तीन तहका संस्थागत संरचनामा गएको छ, संघको विधान अनुसार अब केन्द्रीय समिति, र शाखा गठन छन् भने राष्ट्रिय महाधिवेशनपछि प्रदेश समितिको अधिवेशन हुने केन्द्रीय सचिव लिलाधर वलीले बताउनु भयो ।

संघको सभाले महाधिवेशन तयारीको लागि अध्यक्ष शर्मालाई प्रमुख अतिथि, अतिथिको भेटघाट तथा समग्र कार्यक्रमको संयोजन, महासचिव केशरमान बिसीलाई महाधिवेश कार्यक्रमको व्यवस्थापन, सचिव लिलाधरलाई महाधिवेशनको सचिवालय, कोषाध्यक्ष उदय बिसीलाईलाई आर्थिक व्यवस्थापन, सदस्य रेखा मगर र गिरीराज नेपाली पत्राचार, बर्दिया शाखा अध्यक्ष दीपक शर्मालाई स्थानीय व्यस्थापनको लागि सह आयोजकको जिम्मेवारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्