जातीय छुवाछूत र विभेदको कारण देशको शिर झुकेको छ – प्रकाश अवस्थी



काठमाण्डौ।
५४ औं अन्तरास्ट्रिय रङ्ग भेद तथा जाती भेद उन्मुलन दिबश २१ मार्चको अबसर पारेर राष्ट्रिय दलित आयोगको भाबी कार्यदिशा
बिषयक कार्यशाला गोष्ठीमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश अबस्थीले नेपाल बिध्यमान जातीय भेदभाव र छुवाछूत यथाबत रहिरहदा यो समस्या दलित समुदायको मात्र नभइ सिङ्गो समुदाय र रास्ट्रको समस्या भएको बताएका छन् ।


छुवाछूत एउटा लज्जाको विषय बनिसकेको हुँदा सिङ्गो देशको शिर झुकेको छ ।आफू राष्ट्रिय मानव अधिकार आयोगमा आइसके पछि दलित समुदायको छुवाछूत र अबस्थाको विषयलाई गम्भीरताका साथ लिएको र जातीय छुवाछूत विरुद्ध ७ वटा प्रदेशमा अभियान समेत चलाउदै गरेको जानकारी दिएका छन् ।
प्रदेशका प्राय सबै जिल्ला ( जिल्ला र गाउँमा पुगेर दलित समुदायको अबस्था र बिभेदबारे प्रत्यक्ष फिल्ड भिजिट गर्दा निकै नै गम्भीर र दर्दानाक अबस्थामा दलित समुदाय बसेको र प्रदेश अभियान सकिए पछि राष्ट्रिय अभियान गरि काठमाडौमा सरकारलाई सबै रिपोर्ट दिएर जातीय विभेद विरुद्ध सरकारलाई ध्यानाकर्षण गराउने समेत जनाए ।


जातीय बिभेद समाजको एक अन्धबिस्वास कलङको टीका भएको हुँदा यसलाई मेटाउन सरकार , र अन्य समुदाय नै लाग्नु पर्छ मानव अधिकार आयोग सधैं जातीय बिभेद उन्मुलनको लागि संगै र सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्