हत्यारालाई कारवाहीको मागगर्दै विरोध प्रर्दशन



सैघाली खबर
दाङ,१० भदौ। घोराही १५ निवासी प्रमोद बर्माको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरिएको छ । हत्यारालाई कानुनी कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको थियो । ¥यालीमा सयौ सर्वसाधारण ,युवा युवती व्यावसायीहरुको समेत सहभागिता रहेको थियो । त्यसक्रममा घटनाको निष्पक्ष छानवीन गर , पिडित परिवारलाई न्याय दे , प्रमोद वर्माको हत्यारालाई कारवाही गर जस्ता प्लेकार्ड सहित बजार परिक्रममा गरिएको थियो ।

गत साउन २३ गते रुखमा झुण्ड्याई हत्या गरिएको अवस्थामा अगैयामाको जंगलमा भेटिएका बर्माको हत्या भएको १७ दिन विति सक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको बर्माकी श्रीमति पार्वती बस्नेतले वताउनुभयो ।बस्नेतले नेपाल बैक लि.बर्दिया गुलरिया शाखाकी कर्मचारी बिन्दु ज्ञवाली, र इन्ट्रन्सिप गर्दै आएकी आस्मा खड्कालाई कारबाहीको मागगर्दै जाहेरी दिनु भएको छ । हाल दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको बस्नेतले बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्