हास्य ब्यङग्य कार्यक्रम ‘ऐलानी’ शोको ट्रेलर सार्बजनिक



काठमाण्डौ।

कमेडि र फन्नी कार्यक्रम ऐलानी शोको ट्रेलर सार्बजनिक भएको छ। ।यो शो प्रत्येक हप्ताको शुक्रबार सैघाली खबर अनलाइनको युटुब च्यानल मार्फत प्रशारण हुनेछ ।साथै ऐलानी शो टेलिभिजन मार्फत पनि प्रशारण हुने ऐलानी शोका निर्देशक धुर्ब पुन “कमेड” ले बताए।

सैघाली मिडीया ग्रुपको प्रस्तुतीमा हास्य ब्यङग्य ऐलानी शोमा महिनाको पहिलो हप्ता कलाकारहरु सगँ रमाइलो कुराकानी गरीने छ ।

यस्तै दोस्रो हप्तामा जिल्ला भरीका कलाकारहरुको घम्साघम्सी लाइभ दोहोरी साथै तेस्रो हप्तामा साताभरी समाजमा घटेका घटनाहरुलाई जस्ताको तस्तै ब्यङग्यात्मक रुपमा प्रस्तुत गरीने छ। धुर्ब पुन “कमेडी”को निर्देशनमा बनेको ऐलानी शोमा कथा ,पटकथा पुनकै रहेको छ।यस ऐलानी शो कार्यक्रमका सगित सयोजक गोबिन्द मधुर आर्चाय हुन।

जसमा कलाकारहरु धुर्ब पुन “कमेडी”,एसियाकै होची कलाकार ,गायीका कुमारी तामाङ,बुद्धी चौधरी,चुडामणी भण्डारी, विश्वराज बिजार लगायतका अन्य हास्यब्यङग्य कलाकारहरुको प्रस्तुती रहनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्