बाढी पिडित सुत्केरीलाई सहयोग हस्तान्तरण



घोराही, १० भदौ । शान्तिनगर—५ रगैचा निवासी सुत्केरी सिता चौधरीलाई आज राहत वितरण गरिएको छ । बाढीबाट पिडित चौधरीलाई शान्तिनगर गाउँपालिका र वडा कार्यालयको सहकार्यमा राहत हस्तान्तरण गरिएको हो ।

बाढीले घरबारविहिन भएको परिवारलाई शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगी, कार्यकारी अधिकृत भिष्मराज मल्ल र वडाध्यक्ष गिरीराज बस्नेतले राहत वितरण गर्नुभएको थियो । चैधरीलाई गाउँपालिकाले नगद पाँच हजार, २५ किलोग्राम चामल, २ लिटर खाने तेल, ३ किलोग्राम दाल, १ किलोग्राम आयोडिन प्रदान गरिएको थियो ।

यस्तै वडा कार्यालयको तर्फबाट आमा र बच्चाका लागि कपडा, टावेल, जुत्ता मोजा वितरण गरिएको थियो । त्यसैगरी फलफुल र भिटामीन पनि प्रदान गरिएको वडाध्यक्ष गिरीराज बस्नेतले जानकारी दिनुभएको छ । त्यस्तै जिमिन नेपालले बस्नका लागि त्रिपाल उपलब्ध गराएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्