मावि बाल बिकासमा ईन्टरनेटका माध्यमद्धारा पढाई सुरु



जनक नेपाली

दाङ १० भदौ । बुधवार दिउसो बाल विकास मावि घोराहीको प्राङ्गण अन्य दिन भन्दा फरक देखिन्थ्यो । कक्षा कोठा बाट लाईन संगै निस्केका विद्यार्थीहरु अर्काे कक्षा कोठामा प्रवेश गर्नका लागि तयारी अबस्थामा देखिन्थे । पछिल्लो समय बाल विकास मावि घोराहीले आफ्ना विद्यार्थीहरुलाई ईन्टरनेटका माध्यमद्धारा माध्यम बाट पढाउन थाले पछि विद्यार्थीहरु निकै उत्सासाहित बनेको विद्यालयका प्रधानध्यापक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले यसै शैक्षिक सत्र देखि ईन्टरनेट कक्षा, प्रोजेक्टरका माध्यमबाट सञ्चालन गर्न थाले पछि विद्यार्थीहरु निकै उत्साहित भएको श्रेष्ठले वताउनुभयो । विद्यार्थीहरुको पाठ्यपुस्तकलाई आधार बनाएर दैनिक कक्षा प्रोजेक्टका माध्यमबाट सञ्चालन गरेको उहाँको भनाई छ ।


विद्यालयमा विज्ञान, सामाजिक जनसख्या, अंग्रेजी, लगायतका विषयहरु ईन्टरनेटका माध्यमबाट पढाई सुरु गरेको वताउँदै त्यसबाट विद्यार्थीहरुको बैद्धिकतामा बृद्धि भएको प्र.अ. श्रेष्ठले वताउनुभयो । विद्यार्थीहरुलाई नयाँ नयाँ प्रविधी संग जोड्नका लागि प्रोजेक्टका माध्यम बाट कक्षा सञ्चालनमा ल्याएको वताउँदै कक्षा नर्सरी देखि दश कक्षा सम्म दैनिक पठन पाठनको व्यवस्था मिलाएको उहाँको भनाई छ। पाठ्य पुस्तक भन्दा प्रोजेक्टका माध्यमबाट पठन पाठन गर्दा विद्यार्थीहरुले छिटो स्मरण गर्ने भन्दै त्यसले विद्यार्थीलाई प्रत्येक्ष फाईदा पु¥र्याएको उहाँको भनाई छ । प्रविधीको प्रयोग गर्नु पर्छ भन्ने विद्यार्थीहरुको मागलाई ध्यानदिदै आफुहरुले यसलाई सुरु गरेको उल्लेख गर्नुभयो ।

विद्यालयको शैक्षिक विकासमा ठुलो सहयोग पु¥र्याएको वताउदै प्रोजेक्टका माध्यमद्धारा पठन पाठन सञ्चालनमा ल्याउदा विद्यार्थीहरु पढाईको स्तरमा वृद्धि भएको छ । पाठ्यक्रमबाट विद्यार्थीले अध्यण गर्ने प्रचलन निकै पुरानो भै सकेको वताउँदै अब प्रविधीको समेत प्रयोग गर्नुपर्ने समय आएको श्रेष्ठले उल्ललेख गर्नुभयो । विद्यालयमा अध्यणरत एक हजार विद्यार्थी सबैलाई प्रोजेक्टका माध्यमद्धारा पढाई सुरु गरेको उल्लेख गर्नुभयो । २०१७ सालमा स्थापना भएको विद्यालय २०६७ सालमा निमावि हुदै २०७० साल देखि मावि स्तरको पठन पाठन सुरु गरेको हो । जिल्लाकै नमुना स्कुलका रुपमा स्थापना हुन थालेको विद्यालले विभिन्न अक्तिरिक्त क्रियाकलाप समेत सञ्चालन गराउँदै आएको प्रअ श्रेष्ठले उल्लेख गर्नुभयो

हाल विद्यालयमा त्यसबाहेकम नियमित रुपमा योग,डान्स,क्रिकेट, कम्युटर लगायतका विषयहरुमा समेत अध्यण गराउँदै आएको छ । विद्यार्थीहरुलाई तपाईले पशुपति नाथका विषयमा अध्यन गराउनु छ त्यति बेला तपाईले पाठ्य पुस्तकका भरमा पशुपति मन्दिर यस्तो छ उस्तो भन्नुभन्दा प्रोजेक्टमा माध्यम वाट प्रष्ट देखाउँदा विद्यार्थीले सजिलै बुझने हुदा उनिहरुको अध्यणशिलतामा समेत टेवा पुगेको बताउनुभयो । त्यसकारण पछिल्लो समय विद्यार्थीहरुको अध्यणको विकास गर्नका लागि ईन्टरनेट कक्षाले निकै सहयोग पु¥र्याएको प्र.अ.श्रेष्ठको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्