खाजा पसलमै यौन धन्दा डिल,



पोखरा र आसपासमा रहेका साधारण खाजा पसलमा यौन धन्दाको डिल हुने गरेको रहस्य एउटा रिपोर्टमा खुलाइएको छ ।एउटा टेलिभिजनले तयार पारेको भिडियो रिपोर्टमा रिपोर्टर ग्राहक बनेर जान्छन् र कसरी हुन्छ डिल भन्ने पत्ता लगाउँछन् ।

अघोषित रेडलाइट एरिया जस्तो बनेका ति खाजा पसलमा यौन कर्मका लागि युवती तयार हुन्छन् । रिपोर्टरले बाहिर जानुपर्छ केही दिनका लागि भन्दा उनीहरू भन्छन्,‘साहुनीलाई सोध्नुपर्छ ।’

दैनिक आम्दानीका लागि यौन कर्ममा उनीहरू सहजै तयार हुन्छन् । एक जनाले तीन जनासम्मको डिल गर्ने क्रममा भन्छिन्,‘अघिको त्यो फुच्ची पनि जान्छे !’

प्रहरीले पनि यस्तो समस्या रहेको स्वीकार गर्दै नियन्त्रणका लागि टोली परिचालन गरेको बताएको छ । तर, समस्या ज्युँका त्युँ नै रहेको देखिन्छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बाले यस्तो अवस्थालाई व्यवस्थित गर्ने डिस्कोर्सको सुरुआत हुनुपर्छ भन्ने आफ्नो मान्यता सुनाएका छन् । होटल व्यावसायीसँग पनि यस विषयको प्रस्तावमा छलफल भएको उनले खुलाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्