४ जना युवा ब्राउन सुगर सहित पक्राउ



 

सैघाली खबर
दाङ, १० भदौ । ४ जना युवाहरुलाई प्रहरीले तुलसीपुरमा ब्राउन सुगर सहित पक्राउ गरेको छ ।तुलसीपुर उपमहानगरपालिका वडानं ६ वरुगाउँवाट ब्राउन सुगर सहित ४ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।लागु औषध सेवन गरिरहेका छन भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी गस्ती टोलीले वडानं ६ वस्ने वर्ष २० को सन्तोष गुरुङ, दंगीशरण गाउपालिका वडानं ५ वस्ने वर्ष २९ को एकानन्द न्यौपाने, सुदिर गुरुङ, र सविन केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

प्रहरीका अनुसार सन्तोष गुरुङको साथवाट ०।५०ग्राम खैरो रङको व्राउन सुगर जस्तो देखिने धुलो र एकानन्द न्यौपानेको साथवाट नाईटाभेट नामक मनोदिप औषधी थान २ पत्ता ३० टयावलेट फेलापरेको ईलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्