मुख्य समाचार

थारु समुदायले अट्वारी पर्व आज धुमधामसँग मनाउँदै

By थाहा अनलाइन

August 27, 2017

सैघाली खबर दाङ,११भदौ पश्चिम नेपालका थारु समुदायले निकै आस्था र विश्वासका साथ मनाउने अट्वारी पर्व आज धुमधामसँग मनाउँदैछन् । अघिल्लो साँझ दर खाएका थारु समुदायले आज दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ्ग, कैलाली कञ्चनपुरका थारु समुदायले अट्वारी पर्व धुमधामसँग मनाउने गर्दछन् । थारु समुदायको यो प्रमुख पर्व मध्येको एक हो । आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ ।

अट्वारीमा रोटी काक्रा, दही, केरा, वेलौटीका अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फरहार गरिन्छ । फरहार गरिसकेपछि आफना चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र ददीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा लिइन्छ । अट्वारी थारु जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ ।