स्मार्ट कार्ड बनाए शुभमले



 

सैघाली खबर
दाङ,११ भदौ । दाङको अम्विकेश्वरी क्याम्पसका अध्ययणरत शुभम सिंह गुप्ताले स्मार्ट कार्डको निर्माण गरेका छन् । गुप्ताले आईतवार घोराहीमा अम्बेकेश्वरी क्याम्पसले आयोजना गरेको आई टी अभियान नेपालको उद्घाटन कार्यक्रम गुप्ताले वनाएको कार्डको प्रर्दशन गरिएको थियो । कार्डको प्रयोग गरी बस तथा अन्य सवारी साधनमा भाडा भुक्तनी गर्ने,खानेपानी,विद्युत लगाएतका विभिन्न प्रयोजनका लागि स्मार्ट कार्डको प्रयोग गर्न सकिने गरी फ्टवेयरको निर्माण गरिएको गुप्ताको भनाई छ । अभियानको घोराही उपमहानरपालिका मेयर नरुलाल चौधरीले उद्घाटन गर्नु भएको थियो ।

त्यस अबसरमा बोल्दै गाउँका सर्वसाधारण नागरिकहरुलाई सूचना प्रविधी संग जोड्न आग्रह गर्नुभयो । सूचना प्रविधीको विकास भएमात्र समग्र समाजके विकास हुने वताउँदै अब त्यसका लागि सबै लाग्नु पर्ने वताउनुभयो ।बर्तमान समयमा सुचना प्रविधीको महत्व बढेको भन्दै स्मार्ट सिटिको अवधारणाले महत्व पाएको क्याम्पस प्रमुख चन्द्र प्रकास खनालले वताउनुभयो । खनालले स्रोत र साधनको अधिकतम उपयोग गर्नका लागी स्थानीय सरकार सँग सहकार्य गर्न सकिने र स्र्माट सिटि निर्माणको दिशामा गुरु योजनाका साथ अगाडी बढ्नु पर्ने वताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका डि.एस.पि भुवनेश्वर तिवारी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । क्याम्पस प्रमुख चन्द्र प्रकास खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीलिप सिंह भाटले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्