विप्लव समूहका पश्चिम नवलपरासी ईञ्चार्ज पक्राउ



नवलपरासी । विप्लव समूहको नेकपाका पश्चिम नवलपरासी ईञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ। ज्ञवालीलाई सोमवार राति आफ्नै घरबाट पक्राउ गरेको पार्टी स्रोतले जनाकरी दिएको छ।

त्यस्तै सोमवार रातिनै पूर्वी नवलपरासीबाट समेत प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय विप्लव नेकपा समुहले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम विप्लव नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्