काठमाडौंको हात्तीवनमा बस दुर्घटना, २४ घाइते



काठमाडौं । चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंम्बरको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।

बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्