भोलिसम्म देशैभरि मेघगर्जनसहित वर्षा हुने !



काठमान्डौ ।उपत्यकालगायत देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भइरहेको छ । हिजो देखि मौसममा परिवर्तन आएसंगै देशैभरि हावा हुरी संगै पानि परेको छ ।

जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण आज काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूवी क्षेत्रमा वर्षा भइरहेको जनाएको छ ।

देशको पश्चिमी र मध्य भूभागमा पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जन सहित वर्षा हुने छ । बुधबार मध्यान्न देखि भने मौसममा केहि सुधार आउने छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्