यू-१९ राष्ट्रिय टोलीको कप्तानी दिपेन्द्रसिंह ऐरीलाई



सैघाली खबर,
काठमाडौं ,११ भदौ। मलेसियामा हुने एसीसी यू(१९ एसिया कप ९पूर्वी क्षेत्र० छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् ।

 

सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू(१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू(१९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडी समावेश छन् ।

टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने कप्तान थिए ।

घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् । प्रकाश केसी गत महिना सम्पन्न आइसीसी यू(१९ विश्वकप छनौटमा पहिलो रोजाइमा थिए ।

नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन् । प्रतियोगिताको फाइनलिष्ट टोलीले यू(१९ एसिया कपमा स्थान बनाउनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्