काठमाडौं । फ्रिडम फोरमले दाङको रेडियो तुल्सीपुरका अध्यक्ष देवीप्रसाद धितालको २०६७ साल साउन ६ गते गोली हानी हत्या भएकोमा अहिले सम्म अपराधी पत्ता नलागेकोले सो सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको ध्यानकर्षण गराएको छ ।
फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले आयोगका अध्यक्ष अनुपराज शर्मालाई मंगलबार पठाएको पत्रमा सो हत्या भएको ८ वर्ष बितिसक्दापनि अझै अपराधी पत्ता नलागेको र हाल यो मुद्धा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले अनुसन्धान गरिरहेको जनाइएको छ । पीडित परिवारको न्याय पाउने अधिकारलाई संरक्षण गर्न यस राष्ट्रिय मानवअधिकार आयोगलाई गम्भीर ध्यानाकर्षण गराउँछौं, पत्रमा भनिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।