चुनाव बहिष्कार गर्ने शक्तिहरु चुनावी माहोलमा : वरिष्ठ नेता पौडेल



सैघाली खबर,
तनहु ,११ भदौ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरू पनि चुनावी माहोलमा आएको बताएका छन् । आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताएका हुन् ।

प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भने, ‘अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरू पनि सहभागी हुनेछन् । उनले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताए ।

पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँग्रेस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राखे ।

संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्