स्रोत संरक्षण गर्न घोराहीमा ‘एक वडा एक पोखरी’



निमु सगंम घर्ती,
दाङ ११ भदौ।
घोराही उपमहानगरपालिकाले ‘एक वडा एक पोखरी’को अबधारणालाई अघि बढाउने भएको छ । उपमहानगरले पानीको स्रोत संरक्षणका लागि प्रत्येक वडामा एउटा पोखरी निर्माण गर्ने निति कार्यक्रमलाई पारित गरेको हो ।

पानीको मुहानहरु सुक्दै जाँदा खानेपानी र सिँचाईका लागि समेत अभाब बढ्दै जादा उपमहानगरले यस अघि आधा दर्जन स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ । पानीको स्रोत संरक्षणका लागि जलाशयहरु निर्माण, कुवा, बोरिङबाट खानेपानी र सिचाईको व्यवस्थापन गरिने भएको हो ।

पानीको स्रोत संरक्षणका लागि सम्भावित स्थानको पहिचान गरि बिस्तृत परियोजना प्रतिबेदनका अधारमा बजेट विनियोजना गरिने निति कार्यक्रम पारित गरिएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

साथै बर्षाको पानीका स्रोत संकलन गर्न उच्च बाँध वा पोखरी निर्माण गरि सिस्नेखोला अन्तरगत घोराही, लक्ष्मीपुर र धर्नाको माथिल्लो भागमा सिचाईको व्यवस्था समेत गरिने भएको छ ।

त्यसैगरी, हापुरखोला अन्तरगत नारायणपुर, मानपुरको पूर्वीभाग र ढिकपुरमा उच्चबाँध निर्माण गरि सिचाईको व्यवस्था गरिने मेयर चौधरीको भनाई छ ।

यसैगरी, कटुवाखोला अन्तरगत घोराही तथा सेवार र गुज्रेखोलाका घोराही र सौडियारमा उच्च बाँध निर्माण गरेर सिचाईको व्यवस्था गरिने कार्यक्रम तय भएको छ । साथै नगरसभाबाट सबैको घरघरमा शुद्ध खानेपानीको धारा पु¥याउने गरि पूर्बाधारहरु निर्माणमा लाग्ने समेत कार्यक्रममा समाबेश गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्