मुख्य समाचार

स्रोत संरक्षण गर्न घोराहीमा ‘एक वडा एक पोखरी’

By थाहा अनलाइन

August 27, 2017

निमु सगंम घर्ती, दाङ ११ भदौ। घोराही उपमहानगरपालिकाले ‘एक वडा एक पोखरी’को अबधारणालाई अघि बढाउने भएको छ । उपमहानगरले पानीको स्रोत संरक्षणका लागि प्रत्येक वडामा एउटा पोखरी निर्माण गर्ने निति कार्यक्रमलाई पारित गरेको हो ।

पानीको मुहानहरु सुक्दै जाँदा खानेपानी र सिँचाईका लागि समेत अभाब बढ्दै जादा उपमहानगरले यस अघि आधा दर्जन स्थानमा कृत्रिम जलाशय निर्माण गरेको छ । पानीको स्रोत संरक्षणका लागि जलाशयहरु निर्माण, कुवा, बोरिङबाट खानेपानी र सिचाईको व्यवस्थापन गरिने भएको हो ।

पानीको स्रोत संरक्षणका लागि सम्भावित स्थानको पहिचान गरि बिस्तृत परियोजना प्रतिबेदनका अधारमा बजेट विनियोजना गरिने निति कार्यक्रम पारित गरिएको मेयर नरुलाल चौधरीले जानकारी दिनुभयो ।

साथै बर्षाको पानीका स्रोत संकलन गर्न उच्च बाँध वा पोखरी निर्माण गरि सिस्नेखोला अन्तरगत घोराही, लक्ष्मीपुर र धर्नाको माथिल्लो भागमा सिचाईको व्यवस्था समेत गरिने भएको छ ।

त्यसैगरी, हापुरखोला अन्तरगत नारायणपुर, मानपुरको पूर्वीभाग र ढिकपुरमा उच्चबाँध निर्माण गरि सिचाईको व्यवस्था गरिने मेयर चौधरीको भनाई छ ।

यसैगरी, कटुवाखोला अन्तरगत घोराही तथा सेवार र गुज्रेखोलाका घोराही र सौडियारमा उच्च बाँध निर्माण गरेर सिचाईको व्यवस्था गरिने कार्यक्रम तय भएको छ । साथै नगरसभाबाट सबैको घरघरमा शुद्ध खानेपानीको धारा पु¥याउने गरि पूर्बाधारहरु निर्माणमा लाग्ने समेत कार्यक्रममा समाबेश गरिएको छ ।