गोविन्द खड्का,
घोराही.।
सवारी साधन वा पैदल हिड्नेहरु रोकिन्थे । फोहर खोतलीरहेको समुह तर्फ आश्चर्यको नजर लगाउँथे । केहिले केहो कसरी भयो जस्ता प्रश्न सोध्थे धेरैले अनुहार खुम्च्याएर धिक्कारेको संकेत गर्थे । कालोपत्रे सडक किनारामा डम्पिङ साईटको जस्तै फोहर थुपारेको कसैलाई मनपरेको थिएन । केहि समय त्यस स्थानमा मेला लागेजस्तै मानव समुह थियो ।खोतलीरहेको समयमा नजिकैको वालविकास माध्यामिक विद्यालयका विद्यार्थीहरु लस्करै आए । उनिहरु राहत शिक्षकको आन्दोलनका कारण पढ्न नपाएर फर्किदै थिए ।
साना बच्चाहरुले फोहर खोजन थाले । अलि ठुला विद्यार्थीहरु छि थु गर्दै हिडिरहेका थिए । खोलामा नुहाउन धुन जाने देखि हरेक व्यक्तिहरुको घृणाको विषय फोहरको थुप्रो बनेको थियो ।
यति धेरै जनाले छोटै समयमा फोहर फाल्नेहरुलाई घृणा र अपमान गरे । भने गत आईतबार सोमवार दुईदिन त्यहाँ फोहर फ्याँकिएको स्वर्गद्धारी टोलविकास संस्थाका सल्लाहकार भिमबहादुर बुढाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीलाई पनि अनुरोध गरेर फोहरको अबस्था देखाईएको थियो ।
व्यवारीसे फोहरका थुप्रा हेर्न जानुभएका मेयर चौधरीले कार्वाहि गर्नुपर्छ छोड्नु हुन्न भनेर सुझाव दिनुभएको थियो । बुढाका अनुसार जसरीपनि पत्ता लगाई कन कार्वाहि गर्नुपर्छ भन्नुभयो ।
घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवं वडा अध्यक्ष शक्तिराम डाँगि नेतृत्वको टोलिले फोहरबाट पहिचान गर्न थाल्यो । वातावरण शाखा प्रमुख दुर्गा खत्री, शाखाकै गोपाल खड्का र सरसफाइ कर्मचारी विरबहादुर नेपाली खटे ।
स्वर्गद्धारी टोलका उपाध्यक्ष कमान सिं पुन, सल्लाहकार निर्मल वानिया, भुपु कोषाध्यक्ष महेस देवकोटा, वसपार्कका सरसफाइ निरीक्षक हर्कबहादुर वली लगाएत धेरै जनाले फोहर खोतले । बोराको थुप्रामा नेपाल वैंक लिमिटेडका एटिएम कार्ड, चेक तथा पास वुकहरु, क्यालेन्डर लगाएत धेरै बस्तुहरु भेटाए । अर्को थुप्रोमा रोल्पा निर्माण सेवाका लेटर प्याडहरु फेला परेको उनिहरुको भनाई छ । सबै प्रमाणका आधारमा दुवै कार्यालय ठहर गरे ।
खोजतलास गरीरहेको अबस्थामा ना ४ ख ४३३३ नम्बरको सवारी साधनले भित्रै बाट फोहर हुत्याएको टोलिले रंगेहात फेला पायो । त्यसलाई पनि तत्कालै रोकेर कार्वाहि अगाडि बढाएको शाखा अधिकृत खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तिनवटै फोहरका थुप्राको पहिचान खुल्यो । उनिहरुले आफ्नो फोहर स्विकारे ।
सबैलाई उपमहानगरमा हाजिर हुन निर्देशन दिँदै टोलिले छाडेको थियो ।
यसरी फोहर खोतल्ने क्रमलाई उपमहानगर पालिकाले तिब्रता दिएको छ । चौपटाको बाटो छेउमा थुपारेको फोहोर, अन्त सडककिनारा र खोल्सामा पोका पारेर फालेको फोहोर सबैतिर उपमहानगरले चासो दिएको छ ।
जहाँ व्यवारीसे फोहर भेटिन्छ त्यहाँ पुगेर पहिचान गरी व्यवस्थापन गरीने घोराही उपमहानगरको वातावरण शाखाले जनाएको छ ।
कतैपनि व्यवारीसे फोहर खत्याउन नदिने अध्यक्ष डाँगिको भनाई छ । उहाँका अनुसा फोहरको प्रकृति र त्यसमा मिसिएका प्रमाणका आधारमा दोषी खोज्ने रणनिति छ ।
भागने र अटेर गर्नेलाई जरिवाना तथा कार्वाहि थपीदै जाने तर माफि मिनाह कुनै हालतमा नहुने बताउनुभयो । उपमहानगरले तोकेको समय र स्थानमा फोहर व्यवस्थापन गर्न आग्रह गर्नुभयो । त्यसो नगरेको पाईएमा सरसफाइ निर्देशिका २०७४ अनुसार कार्वाहि गरीने छ ।
रातीको समयमा कसैले देखेको छैन भन्ने भ्रममा गल्ती गर्नेहरु धेरै छन् । उनिहरुले विल, भपाई, बच्चाले होमवर्क गरेका कापी, पढेका किताव लगाएत थुप्रै प्रमाणहरुले पहिचान दिन्छन् ।
चियाकप, रक्सीका बोतल, अण्डाका खोस्टा लगाएतले पनि व्यक्ति वा संस्थाको भनेर चिन्न सजिलो छ । जस्तो सुकै दुर्गन्ध भएपनि खोतल खातल पारेर पहिचान गर्ने घोराही उपमहानगरपालिकाको रणनिति छ । दोषिले उम्किन पाउने उपाए नभएको वातावरण तथा विपद व्यवस्थान समितिका संयोजक समेत रहेका डाँगिले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।