दमाई लेख्दैन भन्दा नागरिकता बनाउँने कागजै च्यातियो



जनक नेपाली
दाङ । बुधवार घोराही स्थित सिटि प्लाजाको स्वर्गद्धारी हल मान्छेले खचाखत भरिएको थियो । हलमा राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सहित, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागीता थियो ।उनिसंगै मानव अधिकार,दलित अधिकारकर्मी,नागरिक समाज,महिला मानव अधिकारकर्मीको पनि सहभागिता देखिन्थ्यो । खाँचाखँच भरिएको हलको पछाडीबाट एक जना अधबैसे पुरुषले भने हजुर मेरा कुरा पनि सुन्नुहोस् । म प्रेमलाल दमाई नागरिकता बनाउँन ईलाका प्रशासन कार्यालय तुलसीपुर पुगे ।


नागरिकताको दमाई जात देख्दा कतिपयले होच्याउँन थालेपछि मैले आफ्नो थर कार्कीमा परिणत गर्न खोजे । नागरिकता बनाउँन जिल्ला अड्डा देखि राष्ट्रिय दलित आयोग सम्म कागजपत्र बनाउँन दौडधुप नै गरे । बल्लतल्ल सबै कागज पत्र बोकेर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेका प्रेमलाल नागरिकता जे जात छ त्यही हुन्छ भन्दै हर्कादै एक कर्मचारीले नागरिकता बनाउँन बोकेका काजगपत्र नै च्यातिदिए । त्यसपछि प्रेमलाल चु समेत बोल्न पाएनन् ।


बबई गाउँपालिका ३ प्रेमलालको मात्र होईन – तुलसीपुर उप–महानगरपालिका ११ जसपुरकी मोति परियारको त्यो भन्दा पनि कारुणी घटना छ । ७० बर्षीय मोति परियारका छोरा अर्जुन परियार लामो समय देखि विरामी परेर थला पर । तीन साल पहिले बिरामी छोरा निको पार्न घर नजिकै लाग्ने मेलामा अक्षता हेराउँन भन्दै हेरालु कहाँ पुगीन । थानमा बसेका धामीले थानको वरपर दलित आएको भन्दै रोईकराई गर्न थालेपछि मोतिमाथी कुटपिट नै भयो । थानमा बसेर एक्कासी धामी रुन कराउँन थालेपछि अक्षता हेराउन दलित बोक्सी महिला आएको भन्दै उनकी बहिनी अनिता भण्डारी लामाले कुटपिट गरि घाईते वनाईन । अनिताको कुटाईबाट मोतिको टाउँको आखाँ मुखमा समेतचोट लाग्यो ।


लामा विरुद्ध उनले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिईन एक दिन लामालाई छोपेर अर्काे दिन प्रहरीले नै छाडिदियो । लामा प्रहरीबाट छुटेपछि केही घण्टामै उल्टो पिडित मोति र छोरा अर्नुनलाई गाली बेज्जती सम्बन्धि मुद्धा जिल्ला अदालतमा दायर गरिन । पिडितको हालेको छुवाछुतको मुद्धा कता हरायो–हरायो । तीन /चार बर्ष सम्म न्याय नपाउँदा मुद्धाका बारेमा बोल्न नै छाडेको मोतिको भनाई छ ।
को –को लाई भनु क–कस्लाई सुनाऊँ मेरा बेदना कसैले सुन्न मानेन् मोतिले भनिन् । मोतिको कुरा सुन्दै राष्ट्रिय मानव अधिकार आयोग आयुक्त प्रकाश अबस्थीले जातीय विभेदका घटनाले चरमरुप लिएको वताउँनुभयो ।

जातका आधारमा कसैलाई छुवाछुत गर्ने अधिकार नभएको वताउँदै राष्ट्रिय मानब अधिकार यसबारेमा गम्भिर भएको वताउँनुभयो ।गाउँ–गाँउमा छुवाछुत मुक्त गर्न आयोगले छुट्टै योजना बनाएको भन्दै त्यसमा सबैले सहयोग गर्नुपर्ने वताउँनुभयो । दाङका प्रमुख जिल्ला गोविन्दप्रसाद रिजालले प्रेमलालको नागरिकता थर परिर्वन गरी नागरिकता वनाईदिने बताउँनुभयो । कानुनी उपचारको बाटो कमजोर भएको वताउँदै आर्थिक सामाजिक रुपान्तरणले मात्र छुवाछुत मुक्त हुने वताउनँुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्