बाँझोपनको उपचार,



सैघाली खबर,
काठमाडौं । बाँझोपनको उपचारका लागि दम्पती नै चिकित्सक समक्ष जाँदा राम्रो मानिन्छ । यस्तो अवस्थामा जति छिटो चाँडो गएर उपचार गराउनुपर्छ ।

औषधि उपचारबाट सन्तान प्राप्त नभएका अवस्थामा आईभीएफ ९टेस्टट्युब बेबी० प्रविधिको सेवा पनि लिन सकिन्छ ।

महिलाहरूको अण्डवाहिनी नली बन्द भई बाँझोपन भएको अवस्थामा नलीको अप्रेसन गरी खोल्ने प्रयास भएको पनि पाइन्छ ।

यो विधि खर्चिलो भए तापनि त्यति प्रभावकारी नभएकाले निःसन्तान केन्द्रले यसको वैकल्पिक उपचारका रुपमा अप्रेसन नगरी नली खोल्ने उपचार पद्धति सुरु गरिएको छ ।

बाँझोपनको सामान्य उपचार त्यति खर्चिलो नभए पनि यसको विशेषज्ञ उपचार अलि खर्चिलो छ ।

त्यसैले कतिपय दम्पतीले उपचार सुरु गरे पनि उपचार बीचैमा छोड्ने गरेको पनि देखिन्छ । चाहेको बेला गर्भधारण गर्नु, सन्तान जन्माउन पाउनु महिलाको मौलिक अधिकार भएझैं सन्तान नभएका अवस्थामा सन्तान प्राप्तिको उपाय खोज्न पाउनु पनि महिलाको अधिकार हो ।

त्यसकारण बाँझोपनका कारण सन्तान प्राप्त नभएमा दम्पतीले समयमै उपचार सेवा लिएर सन्तान प्राप्तिको अवसर उपयोग गर्नुपर्छ ।

बाँझोपन पुरुष र महिला दुवै वा कुनै एक जनामा भएको स्वास्थ्य समस्याका कारण हुने भएकाले दम्पतीले नै स्वास्थ्य परीक्षण गरी उपचार गर्नुपर्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्