मेयर चौधरी द्धारा अट्वारीको शुभकामना



सैघाली खबर,
दाङ, ११ भदौ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अट्वारी पर्वको अबसरमा नगरबासीहरुलाई शुभकामना दिनुभएको छ । मेयर चौधरीले आईतबार परेको अट्वारी पर्वको शुभकामना दिदै सामाजिक र साँस्कृतीक परम्परा बोकेको पर्वको जगेर्नामा एक हुन पनि अपिल गर्नुभएको छ ।

यस पर्वले सबैमा आत्मियता, भाईचारा, सद्भाव र शान्ति कायम गर्नमा प्रेरीत गरोस भनि शुभकामना दिनुभएको छ । साथै मेयर चौधरीले देश नयाँ संरचनामा गएपछि भएको स्थानिय तह निर्वाचनले विकासको मार्ग पछ्याएको समेत उल्लेख गर्नुभएको छ ।

अबको लक्ष्य भनेको संबृद्धिको भएकाले सबैलाई विकासको पक्षमा हातेमालो गर्न समेत आग्रह गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्