काठमाडौं ।अपाङ्ग ह्वीलचियर मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइ दिएका छन।काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपाङ्ग मैत्री बनाउनका लागि लामो समय देखि उक्त समितीले संघर्ष गर्दै आइरहेको छ।
ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन नमिल्ने भन्दै पीक र हतौडाले हिर्काएर फुटपाथ बनाउनका लागि लगाइएको ब्लक भत्काइ दिएका हुन।
उनीहरुले सडक विभागलाई पटक पटक अपाङ्ग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए।सडक पूर्वाधार ह्वीलचेयर नगुड्ने र अपाङ्गता भएकाले थप सास्ती बेहोर्नु परेको छ भन्दे आक्रोसति बनेका थिए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।