यिनी १७ सय कोठा भएको महलमा बस्छन्, पाँच हजार विलासी कार छन्,को हुन् त यि ?



हुन त संसारमा थुप्रै धनी छन् तर ब्रुनईका राजाको कुरा बेग्लै छ । खर्बौं सम्पत्तिका मालिक ब्रुनाईका राजाको जीवनशैली हेर्दा जो पनि चकित पर्ने गर्छ ।

उनी संसारका सबैभन्दा धनी व्यक्ति होइनन् तर उनको जीवनशैली देखेर जोसुकैले भन्ने गर्छन् कि उनीभन्दा धनी कोही छैन ।

चार लाख ५० हजार जनसंख्या भएको ब्रुनाई इन्डोनेशिया र मलेशियाको छिमेकी देश हो । यो देश तेलका कारण निकै धनी छ ।

हसनलको शाही महलमा लगभग १ हजार सात सय ८८ कोठा छन् भने दुई सय ५७ बाथरुम छन् ।
पाँच स्विमिङ पुल, एक सय १० गाडीको ग्यारेज र पोलोको घोडाका लागि भिन्न एसी रुम भएका घरको व्यवस्था छ ।

राजालाई ब्याडमिन्टनको निकै शौख छ । आफ्नो यो शौखका लागि उनले छुट्टै कोच राखेका छन् । उनले कोचलाई दिने तलब पनि साधारण छैन । एक रिपोर्ट अनुसार उनी कोचका लागि १.२६ मिलियन पाउन्ड खर्च छन् । यसबाहेक मालिस गर्नेलाई पनि राजाले उत्तिनै पैसा दिन्छन् ।

आफ्ना विशेष चरालाई सुरक्षित राख्नका लागि राजाले ५० हजार पाउन्ड खर्च गर्छन् । यतिमात्र होइन राजाका दुई सफाई कर्मचारीले सात मिलियन पाउन्ड तलब स्वरुप पाउँछन् ।

राजा आफ्नो महलबाट निस्किएपछि कि त आफ्नो विलासी कारमा हुन्छन् वा त आफ्नो प्राइभेट विमानमा । सूचनाका अनुसार राजाको विमानको टोइलेटमा सुनले बनेको टोइलेट पेपर राखिएका छन् । राजाले आफ्नो यो विलासी जीवनशैलीका लागि हरेक वर्ष करोडौं डलरभन्दा बढी खर्च गर्छन् ।
ब्रुनाईका राजा यदि आफ्ना स्टाफमाथि यति पैसा खर्च गर्छन् भने आफूमाथि कति खर्च गर्छन् होला । राजालाई विलासी गाडीको अत्यधिक शौख भएको बताइन्छ ।

आफ्ना गाडीको शौख पूरा गर्नका लागि राजाले सात हजार गाडीखरिद गरेका छन् । स्पोर्टस् कार, लक्जरी कारदेखि रेसिङ कारसम्मका विलासी कार उनको कलेक्सनमा छ ।

राजाका लागि छोराको विवाह एउटा निकै ठूलो कार्यक्रम थियो । उनले छोराको विवाहको उत्सव ११ दिनसम्ममनाए । राजाको छोरा र बुहारी दुबैको पोशाक सुनले बनाएका थिए । उनको पोशाकमा ठाउँ ठाउँमा बहुमूल्य हिरा राखिएका थिए । उनीहरुको जुत्तासमेत सुन र हिराले सजाइएका थिए ।

दुलहीको ताजमा करोडौंमा हिरा र रुबी लगाइएका थिए । उनले हातमा एउटा फूलको गुच्छा लिएकी थिइन् जुन कुनै साधारण फूलको गुच्छा नभई त्यसलाई विशेष पत्थरले बनाइएको बताइन्छ । उनले निकै साधारण परिवारकी युवतीलाई आफ्नी बुहारी बनाए । सूचनाका अनुसार उनकी बुहारी एक साधारण आइटी कम्पनीमा काम गर्थिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्