कालीकादेवी स्मृती भवन भदौ १९ गतेदेखि रक्त सेवा सञ्चालनको तयारीमा



शुसिल बस्नेत
दाङ,११ भदौ।

राप्ती अञ्चल अस्पताल परीसरमा निर्माण कालीकादेवी स्मृती भवनबाट भदौ १९ गतेदेखि रक्त सेवा सञ्चालनको तयारीमा नेपाल रेडक्रस सोसाईटी जुटेको छ ।

दाता बामदेव उपाध्यायले श्रीमती स्वर्गीय कालीकादेवी उपाध्यायको स्मृतीमा झण्डै ६० लाख लागतमा निर्माण गरिएको कालीकादेवी रक्त सञ्चार केन्द्रलाई कालीकादेवी स्मृती भवन नामाकरण गरि रक्त सञ्चार सेवा सञ्चालनको तयारीमा जुटेको नेपाल रेडक्रस सोसाईटी दाङ्ग शाखाका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो ।

भवनको अबस्था,सेवा सञ्चालनको तयारीका बारेमा जानकारी लिन नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यसमितिका उपाध्यक्ष अजीतकुमार शर्मा नेतृत्वको टोली आज आईतबार तुलसीपुर आईपुगेको छ ।

राप्ती अञ्चल अस्पतालको हाता भित्र अस्पतालको स्वामीत्वमा रहेको जमीन र दाताले निर्माण गरिदिएको उक्त भवन नेपाल रेडक्रसलाई प्रयोग गर्न दिने गरि सहमति भएपछि रक्त सञ्चार सेवा अवको एक हप्ता पछि अर्थात भदौ १९ गते देखि सञ्चालन हुने भएको हो ।

जग्गाको बिषयमा सहमति भए पनि बिबिध कारणले राप्ती अञ्चल अस्पताल,नेपाल रेडक्रस बीचको लामो बिबादका कारण कालीकादेवी स्मृती भवनबाट रक्त सञ्चार सेवा सञ्चालन हुन सकेको थिएन । सम्बाद समूहको पटक पटकको प्रयास पछि राप्ती अञ्चल अस्पताल,नेपाल रेडक्रस र कालीकादेवी स्मृती भवन बीचको त्रिपक्षीय सहमितले रक्त सञ्चार सेवा सञ्चालन गर्ने सहमति जुटेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्