महासागरमा “गोता”लगाउँदै डिआईडि स्टार आसिका रजौरेका सपनाहरु



विष्णु देवकोटा,
दाङ,११ भदौ।

२०७३ साल माघ २४ गते रात्रिकालिन प्रहर करिव ११ बजेको समय घोराही स्थित निमा चलचित्रमन्दिरको हल खचाखच भरिएको थियो । हलमा करिब एक हजार दर्शकहरुको एक टक आँखा स्टेज तर्फथियो । डान्स आइकन दाङ सिजन १ को फाईनल प्रतिस्पर्धाको नतिजा घोषणा हुदै थियो ।

१७ जना प्रतिस्पर्धीहरु मुटु थामेर नतिजाको प्रतिक्षामा थिए । त्यसैबेला मुख्य निर्णायकको भुमिकामा रहेका दिपक चौधरीले डान्स आइकन दाङ सिजन १ को बिजेताको नाम घोषणागरे ः आसिका रजौरे । हलमा खचाखच रजौरेका समर्थकहरुले हुटिङ्ग गर्दे निर्णयलाई स्वागत गरे भने आयोजकको तर्फबाट रजौरेलाई स्टेजमा बोलाई ५ वटा म्युजिक भिडियो को कन्ट्रयाक्ट सहित प्रमाणपत्र,मेडल मोबाइल सेट, आकर्षक गिफ्ट ह्याम्परहरुको साथमा नगद १ लाखरुपैयाँ प्रदान गरियो ।

यो सबै १४ बर्षीया रजौरे लाई सपना जस्तैलागिरहेको थियो । तुलसिपुर स्थित मेरीगोल्ड बोर्डिङ्ग स्कूलमा कक्षा ७ मा अध्ययनरत रजौरेको स्टार घोषणाहुनु अगाडिको जीवन सामान्य थियो । अब भने मिडिया कभरेज, रेडियो तथा टि।भि।हरुमा अन्तरवार्ता, बधाईको ओईरो र प्रसस्त अबसरहरुले उनलाई पच्छ्याई रहेको थियो ।

आसिकाको कुनैबेला नृत्यको ताज चुम्ने सपना साकार भएको थियो । “आँसु थाम्न सकिन साँच्चिकै यो सपना लागिरहेको थियो, तर यो सत्य थियोे”रजौरेले भनिन् ।

डान्स आइकन दाङ सजिन १ को टाइटल जिते संगै विभिन्न आयोजकहरुले रजौरेलाई स्टेज दिन थाले भने उनले पढ्ने बिद्यालयले आफ्नो बार्षीक क्यालेन्डरमा आसिका को फोटोनै राखेर प्रकासन गर्यो । तुलसिपुर आसपासका क्षेत्रहरुमा नृत्य क्षेत्रतर्फ आकर्षीत नव प्रतिभाहरुका “गुरु ” नै बनिन् आसिका अर्थात डिआईडि स्टार आसिका रजौरे । माता रञ्जु रजौरे र पिता खेमकान्त रजौरेको कान्छि सुपुत्रिकोरुपमा जन्मिएकि रजौरेको दैनिकि नै प्रभावित हुनपुग्यो “कार्यक्रममा भ्याई नभ्याई नै भयो” पढाईमा समेत अब्बल रजौरे ले भनिन् यो सबै डान्स आइकन दाङ सिजन १ले गर्दा भएको हो ।

डान्स आइकन दाङ भनेको अबसरहरुको चाँङ्ग हो क्षमताभएकाहरुले त्योअबसरहरुलाई लिन सक्ने जिकिर गर्दे रजौरेले सिजन २ को अवसरलाई सम्पुर्ण दङ्गाली कलाकारहरुले लिनुपर्ने तर्क गरिन् । दाङ जिल्लामा हुने अन्य कुनैपनि प्रतिस्पर्धात्मक कार्यक्रमहरुमा केन्द्रिय जजहरु नल्याईने गरेको भन्दै रजौरेले डान्स आइकन दाङ ले केन्द्रिय कलाकारहरु संगको लिंङ्केज गराउने तर्क पेश गरिन् । बिनाकुनै भेदभाव निस्पक्षरुपमा निर्णयहुने प्रतियोगितामा भागलिन रजौरेले आग्रह गरिन् ।

रंगिन दुनियामा आफ्नो छुट्टै छाप छोड्न सफल डिटेन इन्टरटेन्मेन्ट ले आयोजना गर्ने कुनैपनि कार्यक्रमको मुख्य आकर्षणको केन्द्रविन्दु समेत हुन् । उनि दाङ जिल्लामा पहिलो पटक आयोजना गरिएको मिस्टर दाङ कार्यक्रमको ब्राण्ड एम्बेसडरको भुमिका समेत निभाईसकेकि छन् ।

आफना समकालीन नव प्रतिभाहरुमा अब्बल दरिएकि रजौरे डान्स आइकन दाङ सिजन २ को राष्ट्रिय ब्राण्डएम्बेसडर पनि हुन् । घरपरिवार,शिक्षक तथा साथिभाईहरुबाट प्रचण्ड माया तथा सहयोग पाईरहेकि रजौरे लाई घरपरिवारबाट पुर्ण सहयोग रहेको पिता खेमकान्त रजौरे बताउनुहुन्छ भन्नुहुन्छ “केटाकेटिले रहर गर्छन् पुर्याउनै पर्यो”। ठूला सम्मानित पदिय जिम्मेवारी बोकेका अतिथिहरु एवं स्थापित कलाकारहरुको बिचमा स्टेज सेयर गर्दा आफुले गौरबको अनुभव गर्ने गरेको माता रञ्जु रजौरेले बताउनुभयो ।

छोरीका सपनाहरुले महासागरमा “गोता”लगाउँदै छन् हामि निक्कैखुसी छौ रजौरे परिवारले एक साथ भन्यो । बाटोमा हिंड्दा समेत आफुलाई बिजेताको नामले सम्बोधन गर्दा यो क्षेत्रमा अझै केहि गरेर देखाउने आँट आउँछ स्टार रजौरेले भनिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्