काठमाडौं ।आफ्नै बाबु बाट बलात्कृत भइ गर्भवती बनेकी किशोरीले बुधबार शिशु जन्माएकी छिन् भने बलात्कारी बाबु लाइ जिल्ला अदालत धनकुटाले जन्मकैद सुनाएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो ।
चौबिसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । गत साउनदेखि बाबुले डर देखाएर बलात्कार गर्दै आएको किशोरीले बताइन् ।
पटकपटक बलात्कार सिकार भएकी १६ वर्षीया किशोरी ८ महिनाकी गर्भवती भएपछि विद्यालयमा सोधपुछ गर्दा घटना खुलेको थियो । स्थानीय एक विद्यालयमा १० कक्षामा अध्ययनरत उनको शारीरिक अवस्था परिवर्तन भएपछि शिक्षिकाले सोधपुछ गर्दा रहस्य खुले को हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।