एक युवाको भीरबाट लडेर मृत्यु



अमृत भट्टराई ,पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालीका वडा तीन रानीपानी मा एक युवाको भीरबाट लडेर मृत्यु भएको छ । रानीपानी साविकको ५ नम्बर वडा बाँयडाडा मा बस्न २१ बर्ष श्रीलाल दर्जी चैत १५ दिउँसो दुई जना साथीहरू सँग सँगै मिलेर मदिरा सेवन गरेर दर्जी आफ्नो घरजाने बाट गाएको र साथीहरू छुटै बाटो लागेको र हिजो बिहान सम्म पनि घर छोरा नपुगेपछि बाबु बसन्त दर्जीले खोजी गर्दा उनको रानीखोला डन्डुरेखोलामा हिजो बिहान १० बजेतिर बाटो हिड्ने क्रममा स्थानीयले शप देखेपछि नजिकै रहेको रानीपानी प्रहरी चौकीलाई जानकारी गराएका थियो ।

रानीपानी प्रहरी चौकी र इलाका प्रहरी कार्यलय हुवास को टोलीले हिजो दिउँसो २ बजेतिर खोलाबाट शप निकालेको इलाका प्रहरी कार्यलय हुवासका प्रमुख मित्र बहादुर आचार्यले जानकारी दिए ।

आचार्यले दिएको जानकारीअनुसार बाटोको छेऊमा बसेर धेरै मात्रामा मदिरा सेवन गरेको र आफ्नो शरीरलाई कन्टोल गर्ने नसक्दा बाटो बाट १०० मिटर तल खोलामा खसेर उनको मृत्यु भएको हो उनको बायाँ कान र नाकाबाट रगत बगेको देखिएको थियो डोरी र त्रिपालको साह्यतामा उनको शप निकालेर पोस्टमार्टमका लागि वालिङ् तर्फ पठाएको बताए ।

श्रीलाल पहिलेदेखि पनि बिमारी भएको र मदिरा सेवन नगर्ने आग्रह गर्दा पनि उनी सेवन गर्दै आएको वडा अध्यक्ष रन बहादुर आलेले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्