ठेकेदार बने मन्त्री , बनेन भवन



 

सैघाली खबर

प्युठान, ११ भदौ । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन नेपाली कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने। तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन्। तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छैन। सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पाका लेखा अधिकृत झगबहादुर दसौदीका अनुसार ठेकेदार पुनले डेढ वर्षभित्र भवन निर्माणको पूरै काम सम्पन्न गर्ने गरी भ्याटबाहेक ७७ लाख ८८ हजार ६ सय ९५ रुपैयाँमा जिम्मा लिएका थिए।

०६८ असारमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रोल्पामार्फत ‘नेपाल प्रगतिरराप्तीरउच्च हिमालय जेभी’ले भवन निर्माणको जिम्मा पाएको थियो। ठेकेदार सांसद बनेपछि भवन निर्माणले गति नलिएको स्थानीयको गुनासो छ। भवन नहुँदा सेवा प्रवाहमा समस्या देखिएपछि दुई तलाको १६ कोठे भवन निर्माण गर्न लागिएको हो। निर्माण थालिएपछि गाउँले निकै हौसिएका थिए। तर, वर्षौं बितिसक्दासमेत भवन निर्माणले पूर्णता नपाएपछि स्थानीय चिन्तित बनेका छन्।

भवन निर्माणका लागि गाउँलेले सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दासमेत सुनुवाइ नभएको स्थानीयले गुनासो गरे। ुनिर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्‍‌यौुं, उनले भने, ‘लिखित र मौखिक रूपमा सूचना गर्दा पनि काम अघि बढेन।’ बैंक ग्यारेन्टी गरिएको नौ लाख नौ हजार रुपैयाँसमेत जफत गरिएको उनले जानकारी गराए। दसौदीका अनुसार कार्यसम्पादन बैंक ग्यारेन्टीबापतको चार लाख ४१ हजार रुपैयाँ जफतका लागि सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।’ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भइरहेको छु, उनले भने,‘गत वर्षको चैतबाट काम सुरु गर्छु भनेका हुन् । तर, अझैसम्म काम सुरु हुन सकेन।’ एकपटक सम्झौता थप गरिएको उनको भनाइ छ।                                                                                                                                                                                             थाहा खबरबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्