बाढिपिडित क्षेत्रमा स्वाथ्य, खानेपानी र पोषणमा एलर्ट



गोविन्द खड्का
दाङ ११ , भदौ
बाढिपिडीतका लागि स्वाथ्य, खानेपानी तथा पोषण थप गर्दै लैजानु पर्ने प्रस्ताव पारीत भएको छ । शुक्रवार बसेको कलस्ष्टरको संयुक्त बैठकले समस्या प्रभाव पछि मात्रै देखिने भएकाले थप्ने निष्कर्ष निकालेको हो । त्यस क्षेत्रमा काम गर्ने सरकारी निकाय र संघ संस्था एलर्त अबस्थामा रहन निर्देशन दिएको छ ।

‘तत्कालै सिटामोल बोकेर जानुको अर्थ हुदैन’ जिल्ला जनश्वाथ्य प्रमुख डा घनश्याम पोख्रेलले भन्नुभयो, ‘रोगहरु अलि पछि देखिन्छन् । केहि चाडो भएपनि अधिकांश हप्ता १५ दिन पछि थाह हुन्छ ।’ बैठकको अध्यष्क्षता गर्नुभएका डा पोख्रेलका अनुसार टाईफाईड १५ दिन सम्म देखिन सक्छ । आउ“, झाडा पखाला पनि हप्ता दिन पछि देखिन्छ । त्यसैले अलर्ट भएर बस्नुपर्छ । अहिले सम्म न्युन समस्या दखिएको, केहिलाई झाडा पखाला केहिलाई रुघा खोकी, ज्वरो लगाएतका सामान्य समस्या देखिएको छ । नजिकका स्वाथ्य संस्थामा उपचार गराउन आउनेको संख्या दश गुणा बढेको देखिन्छ । कुनै पनि समस्या नियणत्रण बाहिर जान दिईएको छैन ।

आठ जना अति शिघ्र कुपोषणमा परेको जिल्ला जनश्वाथ्य कार्यालयका पोषण फोकल पर्सन कुन्दन ठाकुरले जानकारी दिनुभयो । उहाका तुलसीपुरमा चार जना लमहि र दंगीशरणमा दुई दुई जना छन् । त्यसैगरी २९ जना मध्ययम शिघ्र कुपोषणमा परेको भेटिएका छन् । उनिहरुलाई तत्कालै पोषण सेवा दिन पहल गर्ने बैठकले निर्णय गरेको छ । अहिले सम्म जिल्लामा ६ जनाको मृत्यु, दुई सय ४४ घरमा पुर्ण क्षेति, तिनहजार दुई सय ५२ जना विस्थापित, प्रभावित घर धुरी नौ सय चार, प्रभावित जनसंखया चारहजार आठ रहेको तथ्यांक पेश गरीएको थियो । गर्भवती र वालवालिकाको एकिन तथ्यांक कतै बाट नआएको बताईएको थियो ।

पोषण स्थापना गृहमा दश जनाको क्षमता भएकोले थप्न सम्भव नरहेको राप्ती उपक्षेत्रीय अस्पतालले जनाएको छ । निमित्त मेशु डा जनार्दन पन्थीले उपक्षेत्रीय बाटै भए पनि सेवा दिने बताउनुभयो । सामाजिक सेवा ईकाई अथवा अन्य उपाए बाट पनि कुपोषितलाई सहयोग उपलब्ध हुने छ । ‘बच्चा आए हामि रेडि छौ’ प्रमुख डा पन्थीले भन्नुभयो, ‘भर्ना गरेरै भएनि सेवा हुन्छ ।’ पोषण गृहमा बेड थप्न सकिने तर प्रकृया पुरा हुदा समय लाग्ने बताईएको छ ।

अक्वाट्याव, प्युस लगाएत पानी सुद्धिकरणका लागि तत्कालै पठाईएको वास कल्ष्टरका संयोजक चोक प्रसाद धितालले जानकारी दिनुभयो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख धितालले युनिसेफ, कारीतास, शिसा नेपाल मार्फत जग वाल्टीन, रेडक्रस मार्फत सावुन लगाएत वितरण गरीएको जानकारी दिनुभयो । पानीकै कारण विरामी भएको अहिले सम्म जानकारी नआएको धितालको भनाई छ । डिई धितालका अनुसार २२ वटा खानेपानी योजनामा क्षेतिपुगेको जानकारी आएको छ । मुचुल्का सहित क्षेतिको विवरण ल्याउनेलाई तत्काल खानेपानीका पाईप उपलब्ध गराई पानी चालु गर्नेकाम भएको छ । भत्केका शौचालयका बारेमा भने पुनःनिर्माण कलष्टरमा सिफारीस गरीने छ । घर जतिकै शौचालय पनि क्षेति भएको हुन सक्ने जिल्ला वास फोकल पर्सन तिलक न्यौपानेले जानकारी दिनुभयो । ईन्जिनियर न्यौपानेका अनुसार प्यान भन्दा माथिको स्टकचर कच्ची माटोका बनाउनाले बढि क्षेति देखिन्छ ।

यसो त पानीले डुबाएको धानबाली धेरै ठाउमा दुरुस्तै देखिएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । बरिष्ठ कृषि विकास अधिकृत दिपक शर्माका अनुसार केहि ठाउमा मात्रै कटान गरेर नोक्सान गरेको छ । केहिले मागेर पाईन्छ भने किन छोड्ने भन्ने मानसिकताले कोकोहोलो गरेको बुझिएको छ । नक्कली अलाप विलाप गर्नेहरुलाई छोडेर वास्तविक पिडित थोरै छन् । तिनलाई कार्यालयले केहि दिन सक्ने अबस्था छैन । सबै वजेट स्थानिय तहमा गएकाले क्षतिपुर्ति वाफत पाउने विउ समेत दिन मुश्किल हुने प्रमुख शर्माको भनाई छ । केहि अल्छीहरुको बाली गोडमेल नगर्ने कारण खाद्य बालीमा ढलेर क्षति भएको बताईएको छ । मकै र धान जत्तीकै झार उम्रेका बारीहरुमा क्षेति पुगेको छ । ‘दिने नाममा साह्रै मेकानिक नबनौ’ शर्माले भन्नुभयो, ‘पाएपछि नलिने भन्ने कोहि रहेनछन् ।’ उहाले बाड्ने काममा उत्साहित नहुन आग्रह गर्नुभयो । ‘अलिकति केहि भयो नै दिई हाल्ने हो भने आशा गरेर बस्नेहरु धेरै हुन्छन्’ शर्माले भन्नुभयो, ‘त्यसले गलत संस्कार स्थापित गराउछ । राज्यले धान्न सक्दैन ।’

महिला तथा वालवालिका कार्यालयले महिला सहकारी समुह मार्फत पनि राहत र उद्धार अघि बढाएको प्रमुख विश्वमणी जोशिले जानकारी दिनुभएको थियो । उहाका अनुसार महिला र वालवालिकालाई विशेष फोकस छ । उनिहरुलाई अफ्ठेरो पर्न नदिने गरी व्यवस्था मिलाईएको छ । सुआहारा, युएन एफपिए, शिशा नेपाल, फेडवासन, सामुदायीक वन महासंघ लगाएत संघ संस्थाले आफ्ना राहत र उद्धारमा भएका कृयाकलाप प्रश्तुत गरेका थिए ।

छानै नहालेर बर्षात पर्खिएका, घर नछाएरै भत्कीने अबस्था सिर्जना गरेकाहरुले पनि राहतमा माग दावि गरेको रेडक्रसका प्रकाश श्रीवात्सवको भनाई थियो । गतिलो गरी छानविन गरेर मात्रै राहत दिदा न्याए हुने वैठकमा सहभागिले बताए । हरेक बर्ष एउटै ठाउका उनै व्यक्ति वाढिपिडितमा पर्नुमा पनि सहभागिले संका गरे । खोलाको ढिकमा बुक्रो हालेर छोड्ने आफु बजारमा विताउने, बाढि आउने बेलै एक दुईदिन बसेर क्षेती पेश गर्ने समस्या पनि भेटिएको केहिको भनाई थियो । पुःन निर्माणको कलष्टरमा ठोस निर्णय गरेर नक्कलीलाई पाखा लागाईने जिल्ला समन्वय समितिका कृष्ण केसिले जानकारी दिनुभयो । उचित व्यक्तिलाई सिफारीस गर्न केसिले आग्रह गर्नुभयो । त्यसतालाई लत्ता कपडा भाडा बर्तन दिनु गलत हुने भन्दै हरेक बर्ष राहत दिने वातावरण अन्त हुनुपर्ने बताए । नेपाल परीवार नियोजन संघले बबई, फुलवारी र रिहारमा तिन तिन दिनको स्वाथ्य शिविर राख्न लागेको बसन्त खनालको भनाई थियो । स्वाथ्य, खानेपानी र पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था एलर्ट अबस्थामा रहनु पर्ने निर्णय भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्