पुरन्धारा खेलकुद विकास समितिको आपत्ति



सैघाली खबर
दाङ ११ भदौ

साविक पुरन्धारा तथा हाल बबई गाउंपाालिकामा रहेको पुरन्धारा रङगशालाको नाम परिवतर्न प्रति पुरन्धारा खेलकुद विकास समितिले आपत्ति जनाएको छ । बबई गाउँपालिका को २०७४ ,७५ को निति तथा कार्यक्रममा हंसपुरमा रहेको पुरण्धारा रङगशालाको नाम परिवर्तन गरि मदन भण्डारी रङगशाला राखेको प्रति आपति जनाएको हो ।   

पुरण्धारा खेलकुद विकास समितिको बैठकमा वुद्धीजिवि ,खेलाडी तथा खेलकुदकर्मीहरुले घोर भत्सना गरेको पुरण्धारा खेलकुद विकास समितिद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विज्ञप्तििमा भनिएको छ । खेलकुद जस्तो मर्यदित , सर्वपक्षिय ,तथा संवेदनशिल क्षेत्रलाई राजनितिकरण गर्दा यस्ले बबई गाउँपालिकाको खेल विकासमा असर पुर्याउने हुदा दुवै रङगशालाको नाम संशोधन गरि हंसपुरमा अवस्थित रङगशालालाई पुरण्धारा रङगशालाका तथा पञ्चकुलेमा निमाणाधिन रङगशालालाई बबई गाउँपालिकाको मौलिक पहिचान हुनेखालको नयां नाम राख्न पुरण्धारा खेलकुद विकास समितिले माग गरको छ । साथै नाम परिवर्तन फिता नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने पुरण्धारा खेलकुद विकास समितिका अध्यक्ष बालकृष्ण खत्रीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यसैविच नेपाल तरुन दल बबईगाउँपालिकाले पनि यसकार्य प्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । नेपाल तरुणदल बबईगाउँपालिकाले विज्ञप्ति जारी ध्यान आकर्षण भएको जनाएको हो ।

खेलकुद जस्तो संवेदनशिल क्षेत्रलाई राजनितिकरणको शुरुवात गर्नु निण्दनिय भएको भन्दै पुरण्धारा रङगशालालाई पुरानै नाम राख्न सुझव दिएको रपरिरवतर्न नभए आन्दोलनका थप कार्यक्रम सार्ववनिक गर्ने जनाएको छ । नेपाल तरुनदल बबईगाउँपालिका सविक पुरन्धारा सचिव विष्णु घर्ती द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्