‘खोलामा वाढी आउदा सुत्केरी लाई अस्पताल पु¥याउन सकस ’



गिरिराज नेपाली
दाङ १२ , भदौ
घोराही उप–महानगरपालिका वडा न. ८ की कमली चौधरी लाई आईतवार सुत्केरी व्यथाले च्यापे पछि उनका श्रीमान गजुलाल चौधरीले अस्पताल पु¥याउन तयारी सुरु गरे । श्रीमतीको उपचारका लागि गजुलालले अस्पताल तर्फ लगे पनि श्रीमती लाई अस्पताल पु¥याउन सकेनन । खोलामा पानीको वहाव वढ्े पछि अस्पताल पु¥याउन कुनै विकल्प नभए पछि चौधरीले श्रीमती घर फर्काउन वाध्य भए । सुत्ेकरी व्यथामा छटपटाई रहेकी चौधरी आफु लाई मृत्यु संग लडाउदै घरमै फर्किनु भयो । 

खोलामा समय पुल नवन्दा सयौ सर्वसाधरणहरुले दिनहु सास्ती कष्टकर यात्रा छदैछ । तर सुत्केरी व्यथामा छटपटाई रहेकी महिला लाई अस्पताल सम्म पु¥याउन बाटो छैन । चौधरीले भने –‘ श्रीमती लाई अस्पताल पु¥याउ भने वाटो छैन । जे हुन्छ भगवान भरोसा छ । ’ खोलाहरुमा निर्माणाधिन पुलहरु अलपत्र अवस्था पुग्दा सर्वसाधरण नागरिक देखी सुत्केरी आमा र नवजात शिशुले समेत चुनौती खेप्नु परेको छ । सुत्केरी व्यथाले जीवन र मरणको संघारमा पुगेकी कमली आफुलाई अस्पताल पुग्ने वाटो नभए पछि उनी आफु लाई मृत्यु संग लडाउदै घरमा फर्कनु परेको थियो । उनका श्रीमान गजुलालले भने –खोलाले गाडी जान दिदैन । श्रीमती व्यथाले च्यादै लगेको छ । लैजाने ठाँउ कतै वाट छैन । कतिन्जेल खोला कुरेर वस्ने हो । समयमा खोलामा पुल वनाईदिएको भए यस्तो दुख भोग्नु पर्ने थिईन होला । ‘भित्र मन पोलेको श्रीमती पिडामा छिन के गरी होला अस्पताल पु¥याउने । ’

घोराही लैजाउ भने पनि उस्तै , तुलसीपुर पु¥याउ भने पनि उस्तै छ । खोलैखोलाले छेकेका छन । कसरी होला उपचार गर्ने भन्दै उनले गुनासो गरे । दिनहु आवतजावत गर्ने यात्रु र सर्वसाधरणहरुले सास्ती खेप्नु उनिहरुको त्यो दिनचर्या बनेता पनि जीवन र मृत्युको दोषाधमा पुगेको सुत्केरी प्रशव पिडामा छट्पटाई रहेका महिलाहरु र विरामीहरुले निकै सास्ती खेप्नु परेको छ ।

दाङका खोलाहरुमा रहेका पानी मुनिका पुलका कारण जगुलाल र उनकी श्रीमती कमली मात्रै होईन । दैनिक सयौ नागरिकहरुले पानीमुनि रहेका पुलको सकस खेप्नु परेको छ । समयमा खोलाहरुमा पुल नवन्दा दङगाली वासीलाई यो दुख हट्न सकेको छैन । निर्माणाधिन पुलहरुमा गतिलो डाईभर्सन नहुदा सर्वसाधरण नागरिकहरुले कष्टकर यात्रा गर्नु परेको छ । बनाएका डाईभर्सनहरु पनि पानीले वगाए पछि पुल निर्माणाधिन खोलाहरुमा यात्रा अझै जोखिम पुर्ण वन्दै गईरहेको छ । पुल समयमा नवन्दा सर्वसाधरण नागरिकहरु मंहगो खर्चमा पर्नु परेको छ ।
तर यता सडक डिभिजन कार्यालय दाङले भने निर्माणका काम सवै वन्द रहेको जनाएको छ ।

वर्षातका निर्माणका काम हाल १ महिनाका लागि वन्द गरिएको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी दुर्गा पौडेलले वताए । वर्षातमा काम गर्न नसक्दा निर्माण कम्पनीहरुले सवै काम वन्द गरेको छन । भने निर्माणाधिन सरचनाहरु अलपत्र अवस्थामा पुगेका छन । निर्माण कार्य सुस्ताउदा नागरिकहरुले निकै जोखिम मोल्नु परेको उनले वताए । पौडेलले भने खोलाहरुमा वनाएका डाईभर्सनहरु पनि वर्षातको पानी कतिपय अवस्थामा छेदविच्छेद गरेका छन । निर्माण कम्पनीहरुले काम रोकेका छन । तर विग्रीएका डाईभर्सनहरु लाई तत्लका मर्मत सम्भार गरी सहज सेवा दिने उनले वताए ।

पौडेलले भने पानी मुनि रहेका पुलाका कारण नागरिकहरुले सास्ती खेप्नु परेको छ । विरामी पर्दा विरामी अस्पताल पु¥याउने वैकल्पीक वाटोको व्यावस्था छैन । तर विकासमा जनताको साथ आवश्यक पर्ने भएकाले विकासमा जनता सहभागीता अति महत्वपुर्ण रहेको उनले वताए । कतिपय निर्माणाधिन विकासहरु निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाई भईरहेकाले जनताले त्यसमा प्रत्यक्ष निगरानी गर्नु पर्ने उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्