प्रदेश र केन्द्रको चुनाव दुई चरणमा गर्दा उपयुक्त हुन्छ -निर्वाचन आयोग



 

सैघाली खबर,
काठमाडौँ, १२ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकैसाथ गर्ने मिति घोषणा गरिसकेको वेला निर्वाचन आयोगले भने दुई चरणमा चुनाव गर्दा सफल हुने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मङ्सिर १० का लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दुई चरणमा गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

काँग्रेसका कार्यवाहक सभापति विमलेन्द्र निधिसहितको टोलीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई दिएको धन्यवाद पत्रमा पनि निर्वाचन दुई चरणमा हुनसक्ने स्मरण गराएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्