समाचार

फोनमा लामो कुरा गरेर नेटवर्क व्यस्त नगरिदिनु दुरसञ्चार प्राधिकरणको आग्रह

By थाहा अनलाइन

April 02, 2019

काठमाडौं । प्रदेश नम्बर २ को बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा वाधा नपर्ने गरी टेलिफोनमा लामो कुरा नगरिदिन नेपाल दूरसञ्चार प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

दूरसञ्चार प्राधिकरणले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, “उक्त प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भई उद्धार कार्यमा वाधा परेको भए आम नागरिक र सरोकारवाला सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुन तथा अत्यावश्यक कार्यमा छोटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगरी आकस्मिक सञ्चारको प्रयोगमा सहयोग गरिदिनु हुन समेत अनुरोध गर्दछौं ।”